शुभ लक्ष्मी क्लिनिकद्धारा रेसुंगा क्षेत्रमा बृहत् सरसफाइ सम्पन्न

0 628

गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसुंगाको बृहत् सरसफाइ गरिएको छ। रेसुंगा पोखरीदेखि यज्ञशाला हुँदै भ्यु टावरसम्म सरसफाइ तथा मुख्य विश्राम स्थलमा कुहिने, नकुहिने र धातुजन्य फोहोर संकलनको स्ट्यान्डसहित ११ सेट ३३ थान डस्टविन वितरण गरिएको हो। शुभलक्ष्मी फर्मा एन्ड क्लिनिकले आफ्नो वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाइ तथा फोहोर संकलन सामग्री वितरण गरेको संस्थाका संस्थापक अध्यक्ष होमबहादुर पल्लीले बताउनुभएको छ । धार्मिक आस्था र भरोसाको केन्द्रको विकासमा टेवा पुर्‍याउने हिसाबले सहयोग गरेको उहाँको भनाई छ ।

त्यस्तै दर्शनार्थीहरू यज्ञशालासम्म पुग्दा विश्राम गर्न पाँचसिटे चार थान फलामको बेच्न र यज्ञशालाका पुजारी र गुरुहरूलाई हटवाटर ब्याग प्रदान गरिएको पल्लीले बताउनुभयो । रेसुंगा सबैको पहिचान हो। सके सफा गरौँ नसके फोहोर नगरौँ,’ पल्लीले भन्नुभयो, ‘धार्मिक तथा पर्यटकीय सम्पदाको जगेर्ना गर्ने सबैको दायित्व हो।’

ad

उहाँले रेसुंगा क्षेत्रमा आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संस्थाले आफ्नो वार्षिक उत्सवको अवसरमा कार्यसम्पादन र मूल्यांकनको आधारमा उत्कृष्ट कर्मचारीको रूपमा नीराजन अधिकारी, रविकान्त तिवारी र पवित्रा नेपालीलाई प्रमुख अतिथि रेसुंगा नगरपालिकाको उपमेयर अमृतादेवी कुँवर र संस्थाका अध्यक्ष होमबहादुर थापा पल्लीले पुरस्कृत गर्नुभएको थियो ।

साथै क्लिनकलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघसंस्था र व्यक्तिहरूलाई सम्मान गरिएको संस्थाका म्यानेजर राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

विश्वर्माका अनुसार संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत नै समुदायस्तरमा विभिन्न रोगको निःशुल्क स्क्रिनिङ क्याम्प तथा स्वास्थ्य शिविरहरू, सामाजिक संघरसंस्थाहरूका लागि प्राथमिक उपचार कक्षहरू स्थापना, विपन्न नागरिकलाई निःशुल्क उपचार तथा विपत् पीडितहरूका लागि सहयोग गरिरहेको छ।

रेसुंगा संरक्षण समिति अध्यक्ष सुरेशचन्द्र भुसालले शुभलक्ष्मी फर्माले जस्तै हरेक संस्थाहरूले आफ्नो सामाजिक दायित्वअन्तर्गत रेसुंगामा सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले सहयोगी फर्माले व्यावसायिक धर्म रेसुंगामा गरेकोमा हार्दिक आभार प्रकट गर्नुभयो ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।