गुल्मीको नयाँ सिडिओमा कृष्णप्रसाद शर्मा

0 86

अनिल खत्री
२४ पुस, गुल्मी । गुल्मी जिल्लाको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा कृष्णप्रसाद शर्माले जिम्मेवारी पाएका छन् । सोमबारदेखि गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका शर्माले मंगलवार जिल्ला स्थित राजनितिक दल, सञ्चारकर्मीहरुसँग जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिएका थिए ।
यस अघिका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी उमेरहदका कारण अनिवार्य अवकाश भएपछि पुस १९ गते नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा शर्माले गुल्मीको जिम्मेवारी पाएका हुन् । भेटघाटमा पत्रकारले जिल्लामा बजार अनुगमन चाडपर्वमा मात्रै सिमित भएकाले त्यसलाई निरन्तर गरिरहनु पर्ने सुल्झाएका थिए ।
त्यस्तै विकास निर्माणका कामहरुमा अत्यन्तै ढिलासुस्ती भएकाले प्रशासनले त्यसतर्फ पनि चासो दिनुपर्नेमा पत्रकारहरुको सुझाव थियो । प्रमुख जिल्ला अधिकारी शर्माले प्रशासनिक कामको सुधारसँगै सेवाग्रहीलाई सेवामैत्री वातावरण तयार गर्न ध्यान दिने बताए ।
नागरिकलाई संबिधानले प्रत्यभूत गरेका अधिकारहरुलाई सहज तरिकाले प्रदान गर्दै जनमुखी सेवा प्रवाहमा मुख्य जोड दिने उनको भनाई छ । बाग्लुङ जिल्ला निवासी शर्मा गुल्मी जिल्लाको ४३ औं सिडिओ हुन् ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।