रेसुङ्गा होटल पौवामा माघी विशेष परिकार

0 197

सूर्य सुनार २९ गुल्मी
गुल्मीको रेसुङ्गास्थित होटल पौवाले यस वर्षको माघी विशेष कार्यक्रम आयोजना गरेको छ । माघीको अवसर पारेर भोलि माघ १ गते होटल पौवाले यस वर्षको माघी विशेष कार्यक्रम आयोजना गर्ने भएको हो ।
नेपाली संस्कृतिको संरक्षणामा टेवा पु¥याउने उद्देश्यका साथ माघी पर्वका अवसरमा खाइने परिकार तयार गर्न थालिएको शाखा म्यानेजर प्रदीप घिमिरेले बताए । माघी पर्व नेपाली संस्कृतिसँग जोडिएको चाड हो । हरेक पर्वको महत्व संस्कार र संस्कृतिसँग जोडिएको हुन्छ । नेपाली पहिचानसँग जोडिएका संस्कृतिको जगेर्ना गर्ने दायित्व हामी सबैको भएकाले यसको संरक्षणको लागि कार्यक्रम आयोजना गरिएको घिमिरेले बताए ।
भोलि माघको पहिलो दिन खिचडी, चाकु, तिलको लड्डु, माछाको अचार, ढिक्री, गुन्द्रुकको अचार लगायतका परिकार निर्माण गरिने शाखा म्यानेजर घिमिरेले जानकारी दिए ।
होटल पौवाले दाङको घोराही, भालुवाङ, लमही, कपिलवस्तुको गोरूसिङ्गे, रूपन्देहीको बुटवल, भैरहवामा, पाल्पा तानसेनमा , धनगढी, काठमाडौंको गौशालामा, जुम्ला, पोखरा लगायतका स्थानमा शाखा बिस्तार गरेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।