गुल्मीका मुटु रोगीलाई आर्थिक सहयोग

0 285

सूर्य सुनार गुल्मी माघ ८

गुल्मीका एक मुटु रोगी बिरामीलाई आर्थिक सहयोग गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ४ दजाकोटका सचिन पुनलाई उपचार गर्नको लागि सहयोग गरिएको हो ।
उनलाई मुसिकोट रुपन्देही सम्पर्क समाजले १७ हजार, ८ हजार मुसिकोट नगरपालिका ४ को वडा कार्यालय, १० हजार समाजसेवी सुमेन्द्र सिहं ठकुरी संग जम्मा भएको रकम संकलन गरी उनको उपचारको लागि काठमाडौँ पठाइएको समाजसेवी सुमेन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो ।

एक्कासी बिरामी हँुदा स्वास्थ्य चेकजाँच पछि मुटुको समस्या देखिएको थियो । पुनको गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचार भइरहेको थियो । तर त्यहाँ नहुने भएपछि आज थप उपचारको लागि काठमाडौँ रिफर गरिएको छ ।

ad

डाक्टरको रिपोर्ट अनुसार तत्तकालै मुटुको अपरेशन गर्नुपर्ने र उनको घरको आर्थिक अवस्था कमजोर रहेको हुँदा सहयोग गर्ने समाजसेवी सुमेन्द्र सिहं ठकुरीले आग्रह गर्नुभएको छ ।
उनको उपचारको लागि मानवीय नाताले आफूले सक्दो सहयोग गरिदिन समाजसेवी ठकुरीले सबैमा आग्रह गर्नुभएको छ । बिरामी पुन अहिले २१ वर्षका पुगेका छन् ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।