मुसिकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

0 701

सूर्य सुनार फागुन २३ गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को अर्धवार्षिक अवधीको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । नगरपालिकाले सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी र गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका सेवा प्रवाह, कार्यसम्पादनका विषयमा सहभागीहरुले विभिन्न जिज्ञासा र सुझावहरु राखेका थिए ।

कार्यक्रममा आर्थिक वर्ष २०८०÷८१ को अर्धवार्षिक अवधीको प्रगती प्रमुख प्रशासकीय अधिकृत बिनोद कुँवरले प्रस्तुत गरेका थिए ।

ad

सहभागीहरुबाट उठेका प्रश्नको जवाफ दिँदै मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले सार्वजनिक सुनुवाईमा उठेका सुझा तथा गुनासाहरुको सम्बोधन गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष एवम् सदस्यहरु, कार्यपालिका सदस्य, विषयसमितिका प्रमुखहरु, नगरपालिकाका कर्मचारी, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार उपभोक्ता समिति लगायत सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।