गुल्मीको छत्रकोटमा जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने

0 158

सूर्य सुनार चैत्र ५, गुल्मी

गुल्मीको छत्रकोट गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा कायम गर्न गाउँकार्यपालिकाको बैठकबाट यस्तो निर्णय गरेको हो ।

पछिल्ला दिनमा जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई निजी विद्यालयमा पढाउँदा सरकारी विद्यालयमा जनप्रतिनिधिको निगरानी, शिक्षकको अध्यापनमा बेवास्ता र कर्मचारीको चासो कम भइरहेको छ । जसका कारण सरकारी विद्यालयको गुणस्तरीय शिक्षामा गिरावट आइरहेको पाइन्छ ।

ad

ग्रामीण भेगका सरकारी विद्यालयबाट पछिल्लो समय गुणस्तरीय शिक्षा प्रदान हुन नसकेको गुनासो बढेको सन्दर्भमा छत्रकोट गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा कायम गर्न कार्यपालिकाको बैठकबाट यस्तो निर्णय गरेको हो ।

छत्रकोट गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेपछि शिक्षामा थप गुणस्तरीयता आउने अपेक्षा गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले बताउनुभयो ।

गाउँपालिकाका स्थानीयले यसअघि सरकारी सेवा सुविधा लिएर आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने र सरकारी विद्यालयको वेवास्ता गरिरहेको गुनासो गरेका थिए । त्यसपछि गाउँपालिकाले निर्णय गरेर अब आउने शैक्षिक सत्रदेखि जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

छत्रकोट गाउँपालिकाभित्र ४४ सरकारी विद्यालय रहेका छन् । जसमा ५ं हजार बढी विद्यार्थी अध्ययनरत छन् । निजी विद्यार्थी तीन सय बढी विद्यार्थी अध्ययनरत रहेको आचार्यले बताउनुभयो ।

 

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।