मौसम खराबीले गुल्मीको रेसुंगामै रोकियो जहाज

0 74

चैत्र ८ गुल्मी- मौसम खराबीले नेपाल एयरलाइन्सको ट्वीनिटर जहाज गुल्मीको रेसुंगा विमानस्थलमै रोकिएको छ । बुधबार रेसुंगा–काठमाडौं उडान भरेको जहाज बीचबाटै फर्किएर रेसुंगामै अवतरण गरेको थियो ।
बुधबार बिहान काठमाडौं–रेसुंगा सफल उडान भरेको उक्त जहाज रेसुंगा–काठमाडौं उडानको क्रममा मौसम खराबीले बीचबाटै फर्किएर रेसुंगामै रोकिएको नेपाल एयरलाइन्स रेसुंगाका सम्पर्क ब्यक्ति सुमनजंग थापाले जानकारी दिनुभयो ।
बुधबार मौसम खराबीले रोकिएको उक्त जहाज पुनः रेसुंगाबाट उडान भर्नुपूर्व जहाजको चेकजाँच गर्न समस्या हुँदा पुनः उडान रोकिएको थापाले बताए । उनका अनुसार, जहाज चेकजाँच गर्न काठमाडौंबाट इन्जिनियर आएपछि जहाजले उडान भर्नेछ ।
यात्रुको अत्याधिक चाप बढेपछि रेसुंगा विमानस्थलबाट यही हप्ता देखि साप्ताहिक तीन उडान हुँदै अएको छ । रेसुंगा नगरपालिकाले उडान पहल गरेको यस विमानस्थलबाट हाल सोमबार, बुधबार र शुक्रबार उडान भइरहेको छ ।
यद्यपी यो शुक्रबार हुने उडान भने रेसुंगा–काठमाडौं मात्रै हुनेछ । हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तराष्ट्रिय पर्यटन भित्रिन थालेका छन् ।
गुल्मीको ऐतिहासिक, धार्मीक तथा पर्यटकीय स्थल रेसुंगा, धुर्कोटको बिचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल र मालिकाको मालिका पिस पार्कमा पर्यटक घुम्न जान थालेका हुन् । गुल्मीमा हाल फ्रान्स, बेल्जियस र स्पेनबाट पर्यटकहरु घुम्नको लागि आइरहेका छन् ।
अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।