गुल्मीका अग्नी पीडितलाई अनेम संघ गुल्मीको सहयोग

0 1,072

सूर्य सुनार
१८ बैशाख गुल्मी
गुल्मी जिल्लाका अग्नी पीडितलाई अखिल नेपाल महिला संघ गुल्मीको तर्फबाट आर्थिक सहयोग गरिएको छ । मंगलबार प्रतिनिधि सभा सदस्य समेत रहनुभएकी अनेम संघ केन्द्रिय सदस्य विजुला रायमाझीले एक कार्यक्रमका बिच सहयोग हस्तान्तरण गर्नुभएको हो ।
जिल्लाका अग्नी पीडितहरुको लागी गास, बास, कपास, पानी, शिक्षा, स्वास्थ्य र विद्युतको उपलब्ध गराउन प्रतिनिधि सभा सदस्य विजुला रायमाझीले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभएको छ । राहत उपलब्ध गराउदाँ सबै अग्नी पीडितलाई समान रुपले हेर्नुपर्नेमा जोड् दिनुभयो ।


प्राकृतिक विपत्तिले निम्त्याएको ठूलो विपत्तिमा सानो सहयोग होस भनेर १३ हजार ५६५ आर्थिक सहयोग गरेको अखिल नेपाल महिला संघ गुल्मीका अध्यक्ष रापना पन्थीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले विपत्तीको समयमा जिल्लाका अग्नी पीडितलाई यो सहयोग ठूलो भएको बताउनुभयो । विपत्तीको समयमा एकले आर्कोलाई सहयोग गर्नु मानवीय कार्य भएकोे बताउनुभयो ।
तत्काल खानेपानी व्यवस्था, बास बस्नको लागि व्यवस्था, खानाको व्यवस्था, पशुचौपायलाई घाँसको व्यवस्था, खानेपानीका लागि पाइपको काम, विद्युतको काम र विद्यार्थीको ड्रेस लगायत अन्यका कपडा सिलाउन आगलागी क्षेत्रमा टेलरिङ मेसिन पुराएको शर्माले बताउनुभयो ।


अग्नी पिडितहरुका लागि विभिन्न संघ संस्थाले राहत सामाग्री प्रदान गर्ने क्रम बढ्दै गएको छ । जिल्ला र जिल्ला बाहिरबाट विभिन्न संघ संस्थाले अग्नी पिडितहरुका लागि सामाग्री पुर्याउने काम गरेका छन् ।
इस्मासँगै मदाने गाउँपालिकाको घडेरी पनि आगलागी बस्दीमा पुग्दा घरहरु जलेका थिए । मुसिकोट, कालिगण्डकी, गुल्मीदरबार धुर्कोट र मालिकाको क्षेत्रमा पनि आगलागीले क्षति पुराएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।