गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक जना महिलाको मृत्यु

0 355

सूर्य सुनार
बैशाख २२, गुल्मी
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १४ पराल्मी चौराहाकी ५५ बर्षिय विष्णु रानाको घरमा लिप्ने माटो खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्कोले पुरिदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नाबय उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो ।

सोही घटनामा ५४ वर्षिय हुमकला राना घाइते भएको पोखरेलले बतानुभयो । शरीरको विभिन्न भागमा भित्री चोट लागेको अवस्थामा बोल्न नसक्ने स्थितीमा गुल्मी अस्पताल लिएको थियो । अस्पतालले उपचारको क्रममा मृत्यु भएको घोषण गरेको प्रहरीले जनाएको छ ।
घाइतेको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

 

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।