अनेम संघ मुसिकोटद्धारा अग्नी पिडीतलाई सहयोग

0 1,084

सूर्य सुनार
३ जेठ गुल्मी
अनेम संघ मुसिकोट नगरकमिटिले मुसिकोटका अग्नी पिडीतलाई सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमका बिच अनेम संघ मुसिकोट नगरकमिटिले खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो । गएको बुधबार दिउँसो विद्युत् सर्ट हुँदा आगलागीमा मुसिकोट नगरपालिका–४ सुर्दशन सिंह ठकुरीको घर, खाद्यान्न, लत्ताकपडा जलेको थियो ।


आगलागीपीडित ठकुरीको परिवारलाई अनेमसंघ मुसिकोट नगरपालिकाले बिहीबार खाद्यान्न तथा लत्ताकपडालगायत विभिन्न सामग्री सहयोग गरेको अनेमसंघ मुसिकोट नगरकमिटि अध्यक्ष सावित्रा बिष्ट घिमिरेले बताउनुभयो ।
आगलागीपीडित सिंहको परिवारलाई चामल, भाँडाकुँडा तथा लत्ताकपडालगायतका सामग्री राहतस्वरूप सहयोग गरेको अध्यक्ष बिष्ट घिमिरेले बताउनुभयो । विपत्तको समयमा साथमा छौँ भन्ने सन्देश प्रवाह गर्न र केही भएपनि सहयोग होस् भन्ने उदेश्यले सहयोग गरिएको घिमिरले बताउनुभयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।