एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

0 148

सूर्य सुनार
३२ जेठ, गुल्मी
नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुनुभएको छ । काउछाले ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्यानुभएको थियो ।
१२ औं जिल्ला अधिवेशनबाट काउछा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुुनुभएको हो । गत मंगलबारदेखि शुरु भएको १२ औं जिल्ला अधिवेशनमा सहमति नजुटेपछि बिहीवार मतदान भएको थियो । अधिवेशनमा सहभागी ६१३ जना प्रतिनिधिमध्ये ५९५ जनाले मतदानमा सहभागिता जनाएका थिए ।
निर्वाचन कमिटीका अनुसार उपाध्यक्षमा जीवन खरेलले ३४८ मत ल्याएर निर्वाचित हुनुभयो, भने उहाँका प्रतिस्पर्धी गणेश श्रीपालीले २१२ मत पाउनुभएको थियो ।
सचिवमा धर्म विश्वकर्मा विजयी हुनुभयो । विश्वकर्माले ३७१ मत पाउँदा उहाँका प्रतिस्पर्धी पदम अर्यालले १९० मत पाउनुभएको थियो ।

सहसचिव पदमा चक्रबन्धु भुसाल ३४८ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी ओम कार्कीको पक्षमा २१६ मत परेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।