मुसिकोटको नीतिः वेरोजगारीलाई निकास, आफ्नै ठाउँको विकास

0 242

सूर्य सुनार
५ असार, गुल्मी
मुसिकोट नगरपालिकाले वेरोजगारीलाई निकास, आफ्नै ठाउँको विकास कार्यक्रम मार्फत रोजगारी दिने भएको छ ।
आर्थिक वर्ष २०८१÷२०८२ को नीति तथा कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले नगरपालिका भित्र रहेका नागरिकहरुलाई रोजगारीमा जोड्न उक्त कार्यक्रम ल्याइएको बताउनुभयो ।
सोेही कार्यक्रम मार्फत पर्यटकीय स्थल मालिका मन्दिर, सालिमे दह, शहित पार्क र मुसिकोट दरबारमा सरसफाई तथा बजारको फोहोर व्यवस्थापन गर्न एक एक जनालाई रोजगारी दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई उद्यमशीलता विकास गर्न नगरपालिकामा लघु, घरेलु तथा साना उद्योग रैथाने तथा पराम्परागत सिप र पेशामा आधारित उद्यमशिलता प्रवद्र्धन गर्ने कार्यक्रमलाई जोड् दिएको छ ।
मुसिकोट नगरपालिकाले कृषि तर्फ दिदै आएको ५० प्रतिशत अनुदानलाई बढाएर अब ७५ प्रतिशत अनुदान दिने नगरप्रमुख खरेलले बताउनुभयो ।
गुणस्तरिय एवं व्यावहारिक शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, कृषि, पर्यटन र भौतिक पूर्वाधारमा नगरपालिकाले प्राथमिक दिएर नीति तथा कार्यक्रम लिएको छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।