गुल्मीमा श्री सत्य साई मानव मूल्य शिक्षा कार्यशाखा कार्यक्रम

0 297

सूर्य सुनार
१५ असार, गुल्मी
गुल्मीमा श्री सत्य साई मानव मूल्य शिक्षा परिचयात्मक कार्यशाखा कार्यक्रम सम्पन्न भएको छ । शनिबार तम्घासमा एक कार्यक्रमका बिच श्री सत्य साई प्रदेश समिति ५ को आयोजनामा गरिएको हो ।
शुक्रबार रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले शुभारम्भ गर्नुभएको कार्यक्रममा रेसुङ्गा नगरपालिका भित्रका विद्यालयका शिक्षकलाई मानव मूल्य शिक्षा सम्बन्धी ज्ञान दिएको हो ।


कार्यक्रममा श्री सत्य साई मानव मूल्य शिक्षाको परिचय तथा एकीकृत शिक्षण पद्धतिबारे श्री सत्य साई प्रदेश समिति ५ का सत्य साई शिक्षा प्रतिष्ठान नेपालका निर्देशक डाक्टर सुधाकर पन्थले बताउनुभयो ।


रेसुङ्गा नगरपालिका भित्र रहेका विद्यालयमा विद्यार्थीहरुलाई नैतिक शिक्षा र सहज तरिकाले जीवनयापन गर्न यो कार्यक्रम निकै प्रभावकारी हुन उहाँको भनाई छ ।
रेसुङ्गा नगरपालिका भित्र रहेका ४५ विद्यालयका शिक्षकलाई मानव मूल्य शिक्षा कार्यक्रममा जोडिएको बताउनुभयो । कार्यक्रममा सिकेको कुरालाई विद्यार्थी माझ पुर्याउन सके कार्यक्रमको प्रभावकारीता हुने प्रदेश नम्बर ५ आध्यात्मीक संयोजक अशोक पाण्डेले बताउनुभयो ।
त्यस्तै, सिकाइ पद्धतिः मनोवैज्ञानिक पक्ष र मानवीय मूल्यबारे विद्यालयका शिक्षकलाई सिकाइएको थियो ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।