एसइईमा उत्तीर्ण विध्यार्थीहरूलाई महेन्द्र माविद्धारा सम्मान

0 160

१७ असार, गुल्मी
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा आफ्नो विध्यालयबाट उत्तीर्ण हुने विध्यार्थीहरूलाई महेन्द्र माध्यमिक विध्यालयले सम्मान गरेको छ । सदरमुकाम तम्घासमा रहेको सामुदायिक तर्फको विध्यालय, महेन्द्र माविले सोमबार एक कार्यक्रमको आयोजना गरि २०८० सालको एसइई परीक्षामा उत्तीर्ण विध्यार्थीहरूलाई टीका, खादा, मेडल एवं सम्मान पत्रले सम्मान गरिएको हो । जिल्लामा ३.९० जिपिए प्राप्त गरि छात्रतर्फ जिल्ला प्रथम र समग्रमा जिल्ला द्वितीय हुने कल्याण मरासिनी र ३.८४ जिपिए प्राप्त गरि छात्रतर्फ जिल्ला द्वितीय एवं समग्र नजितामा जिल्ला तृतीय हुने किरण पाण्डेलाई नगद सहित सम्मान पत्र, मेडल, खादा र टिकाले सम्मान गरिएको छ । त्यसैगरी ३.६ वा सोभन्दा माथिको जिपिए प्राप्त गर्ने बाँकी नौ जनालाई मेडल एवं बाकी ४० जनालाई टीका र खादाले सम्मान गरिएको विध्यालयका लेखापाल शालिकराम पन्थीले जानकारी दिए । विध्यालयले विध्यार्थीका साथै अभिभावकहरूलाई पनि टीका र खादाले सम्मान गरेको थियो ।


महेन्द्र माविबाट गत बर्ष ९० जनाले एसइइ परीक्षा दिएका थिए । जसमा ३.६ देखि माथिको जिपिए प्राप्त गर्ने ११ जना, ३.२ देखि ३.६ जिपिए प्राप्त गर्ने १० जना, २.८ देखि ३.२ जिपिए प्राप्त गर्ने २५ जना र २.४ देखि २.८ जिपिए प्राप्त गर्ने पाँच जना रहेका छन् ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष युवराज भण्डारी, विध्यालय व्यवस्थापन समिति सदस्य घनश्याम पाण्डे, लालप्रसाद पाण्डे, रमा पाण्डे, सावित्रा पोखरेल, शालिकराम बस्नेत, संगिता पाण्डे, गौरी सुनार, शिक्षक अभिभावक संघ सदस्य राधिका पाण्डे, भेषराज पाण्डे लगायत विध्यालयका शिक्षक, पत्रकार, अभिभावक, विध्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विध्यार्थीको तर्फबाट कल्याण मरासिनी र अभिभावकको तर्फबाट तुल्सिराम खनालले मन्तव्य राखेका थिए ।
कार्यक्रम रेसुङ्गा नगरपालिका –०१ का वडाध्यक्ष एवं विध्यालय व्यवस्थापन समिति सदस्य रामप्रसाद पन्थीको अध्यक्षता, नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पिताम्बर पन्थीको प्रमुख आतिथ्यता, प्रध्यानाध्यापक कृष्ण प्रसाद मरासिनीको स्वागत मन्तव्य एवं विध्यालयका लेखापाल शालिकराम पन्थीको संचालनामा सम्पन्न भएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।