चन्द्रकोट ५ ग्वाघामा मौरी घार वितरण

0 364

महेश बोहरा, असार २१
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघामा गोला सहितको मौरी घार सहित अन्य सामाग्री वितरण गरिएको छ । चन्द्रकोट गाँउपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को पकेट विकास कार्यक्रम अन्तर्गत चन्द्रकोट ५ ग्वाघामा मौरी गोला सहितको घार ३२ वटा वितरण गरिएको हो । वडा कार्यालयमा भएको एक औपचारिक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष युवराज केसीले सामाग्री हस्तान्तरण गर्नुभएको हो । ग्वाघा झुलेनी माहुरी कृषिक समूहलाई ६ वटा महदानी १ सय वटा स्ट्यान्ड, ३० वटा धुवाँदानी, १/१ सय वटा पन्जा सेट र क्विन गेट १५ किलो आधार चाका बितरण गरिएको थियो । यस्तै क्विन केच ६०, बेर्नाहरु २५० वटा दिएको छ ।


वडाध्यक्ष वडाध्यक्ष पृथबहादुर कार्कीले आयआर्जन बृद्धिका लागी मौरीका घार र सामाग्री वितरण गरिएको बताउनुभयो । उहाँले शुद्धता मापन संगै ग्वाघाको महलाई ब्राण्डिङ्ग गर्ने बताउनुभयो । उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले प्राप्त भएका मौरी घारलाई भरपुर उपभोग गर्न आग्रह गर्नुभयो । उहाँले रोजगारीको सिर्जना संगै विदेश पलायनलाई रोक्न सकिने बताउनुभयो ।
चन्द्रकोट गाउँपालिकाका प्रत्येक वडालाई पकेटमा आधारित उधमशिलता संग जोड्ने अभियान अन्तर्गत गत वर्ष वडा नं. १ को दिव्रुङ्गमा आलु पकेट मार्फत करिव ५० लाख वढिको आलु निर्यात गरेको गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो । त्यही अनुसार यस वर्ष वडा नं. ५ ग्वाघामा मौरी पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत कौडे झुलेनी माहुरि पालक कृषक उद्यमी समूह मार्फत थप ३०० मौरीको घार विस्तार सहित हाल २०० घार मौरीका घार २४ लाखको लागतमा, तालिम, महदानी र अन्य प्रविधि हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।