चन्द्रकोट १ दिव्रुङ्गले ग¥यो प्रोत्सान तथा सम्मान कार्यक्रम

0 304

महेश बोहरा, असार २१,

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा १ दिव्रुङ्गले प्रोत्सान, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

महिला स्वस्थ्य स्वमसेविकालाई बलाग्केट करुवा सहित सम्मान पत्रले सम्मान गरिएको छ । उत्कृष्ट विद्यार्थीहरुलाई नगद र प्रशंसा पत्र, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका जिल्ला र पालिकाका पदक प्राप्त विद्यार्थीहरुलाई नगद र सम्मान, असल बुहारीको रुपमा देवा खराल, जमुना बिक र सुमित्रा खरेल सम्मानित हुनुभएको छ । यस्तै उत्कृष्ट शिक्षक रामप्रसाद अर्याल, डिलाराम खरेल, शोभा कुमारी कार्की, नेत्र बहादुर बलाल, शिर्जना बलाल, साबित्रा पौडेल सम्मानित हुनुभएको छ ।

ad

उत्कृष्ट निर्माण ब्याबसायी, उत्कृष्ट एवम समय अगाबै काम सम्पन्न गर्ने उपभोक्ता समिती, समाजसेवी, उकृष्ट वडा कार्यालयका कर्मचारी राजन सुनार र सब ईन्जिनियर लिलबहादुर काला, उत्कृष्ट स्वास्थ्य कर्मी बिष्नबहादुर थापा, वडाका बिद्यालय एवम विभिन्न कार्यलायबाट भरखरै मात्र अवकाश हुनुभएका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख शुरेन्द्र भण्डारी सम्मानित हुनुभएको थियो ।


गाउँपालिकाको वडा नम्बर १ दिवुङ्गको वडा कार्यालय परिसरमा भएको प्रोत्साहन सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज केसीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, प्रमुख प्रसासकिय अधिकृत बुद्धप्रकाश पौडेल, घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख शुरेन्द्र भण्डारी, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत नारायण घर्ती, प्रहरी निरीक्षक रामकुमार केसीको बिशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सम्मानित हुनुभएका सबैलाई बधाई तथा शुभकामना दिदैं आगामी दिनहरुमा पनि अझै राम्रो गर्न गाउँपालिका अध्यक्ष युवराज केसीले आग्रह गर्नुभयो । वडा नम्बर १ का वडाध्यक्ष घनश्याम खरेलको कार्यक्रमको सभाध्यक्षता रहेको कार्यक्रममा वडा सदस्य गोपाल अर्यालको स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको संचालन वडासचिब दुर्गाप्रसाद शर्माले गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।