गुल्मीको मुसिकोटमा अपराध अनुसन्धनमा सहयोग पुर्याउन सिसिटिभि क्यामेरा जडान

0 381

सूर्य सुनार
२४ असार, गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले अपराध अनुसन्धनमा सहयोग पुर्याउने उदेश्यले सिसिटिभी क्यामेरा जडान गरेको छ । नगरपालिकाका मुख्य मुख्य चोकहरुमा शान्ति सुरक्षालाई ख्यालमा राखि क्यामेरा जडान गरेको हो । अति व्यस्तस्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा सिसिटिभी जडान गर्ने कार्यलाई नगरले तीव्रता दिएको हो ।


मुसिकोट नगरपालिका नगर प्रमुख जीवन खरेलले नगर भित्रका नागरिकको सुरक्षालाई प्राथमिकतामा राखि सिसिटिभि क्यामेराहरु जडान गरिएको र यस कार्यले समाजमा घट्ने विभिन्न खाले अपराधिक घटनाहरुमा कमी ल्याई घटनाहरुको अनुसन्धानमा सहजता ल्याउने बिश्वास गर्नुभयो ।


नगरप्रमुख खरेलले आगामी दिनमा थप सडकहरु कालो पत्रे गर्दै सडक बत्तीको ब्यबस्था गरि समृद्द र शान्त नगरको पहिचान गराउने बताउनुभयो ।
नगरपालिकाको ७ लाख लागतमा पौदीअमराई, देउराली, ठूलापोखरा, तल्लाफाँट, भुवाचिदी, इन्द्रगौडा, वामीटक्सार, वामीमैदान र अर्लाङ्गकोटमा क्यामेरा जडान गरिएको नगरपालिकाका सुचना अधिकारी समुन्द्र रायमाझीले बताउनुभयो ।

ad


सहरीकरणसँगै आपाराधिक घटना बढ्दै गएपछि नगरपालिकाले मुख्य बजार क्षेत्र र नाकामा ९ वटा सिसिटिभी क्यामेरा जडान गरेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।