बौद्धिक अपाङ्गता भएका विद्यार्थीसँग पौडेलले मनाए जन्मदिन

0 229

सूर्य सुनार
१४ साउन, गुल्मी
पछिल्लो समय होटेल तथा रेष्टुरेण्टमा जन्मदिन मनाउने र हजारौँ खर्च गर्ने चलन बढ्दै गएको छ, तर गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका ८ का आशिष पौडेलले आफ्नो जन्मदिन बौद्धिक अपाङ्गता भएका विद्यार्थीसँग मनाएका छन् ।

रेसुङ्गा नगरपालिका वडा नम्बर ९ स्थित उपल्लो तम्घास माध्यामिक विद्यालय ३० जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीसँग एक दिनको भोजन कार्यक्रमको आयोजना गरी पौडेलले आफ्नो ३० औँ जन्मदिन मनाएको उहाँको आमा ताराकुमारी पौडेलले जानकारी दिनुभयो ।


साउन १४ गते परेको आफ्नो दाई आशिष पौडेलको जन्मदिनको अवसरमा विद्यार्थीलाई एक दिनको भोजन खुवाएर जन्मदिन मनाउँदा निकै आनन्द भएको भाइ डा. आयुष पौडेलले बताउनुभयो । साथै उहाँको घरमा बस्ने सहयोगीका छोरा अपसन जिसीको पनि जन्मदिन मनाएको बताउनुभयो । साथै आफ्नो दाजुपनि फरक क्षमताको भएको बताउँदै समाजमा सबैले फरक क्षमता भएका नागरिकलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।

ad

आशा अपाङ्ग केन्द्र गुल्मीका कोषाध्यक्ष ताराप्रसाद भुसाल, चेम्बर अफ कर्मशका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पन्थी, गुल्मी उद्योग वाणिज्य संघका कोषाध्यक्ष इश्वरी कंडेल, रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण पाण्डे लगायतले जन्मदिनको शुभकामना व्यक्त गर्दै समाजमा नयाँ तरिकाले जन्मदिन मनाउने प्रचलनको सुरुवाद गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । हजारौँ खर्च गरेर होटेलमा जन्मदिन मनाउन भन्दा दुखी र फरक क्षमता भएका विद्यार्थी भाई बहिनीसँग मनाउँदा समाजमा सकरात्मक सोँचको विकास हुने उहाँको बुवा इश्वरीप्रसाद पौडेलले बताउनुभयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।