रेसुङ्गा नगरपालिकाले स्नातक तह प्रथम वर्ष भर्ना हुने विद्यार्थीको भर्ना खर्च बेहोर्ने 

0 115

अनिल खत्री
२७ साउन, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले स्नातक तह प्रथम वर्ष भर्ना हुने विद्यार्थीको भर्ना खर्च रकम भुक्तानी दिने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा ब्याचलर प्रथम वर्ष भर्ना हुन आउने सबै विद्यार्थीको भर्ना हुन लाग्ने खर्च भुक्तानी गरिदिने नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

क्याम्पसमा  विद्यार्थी संख्या बृद्धि गर्ने उदेश्यले नगरपालिकाले स्नातक तह प्रथम वर्ष भर्ना हुनेहरुको भर्ना शुल्क नगरपालिकाले भुक्तानी गरिदिने निर्णय गरेको पत्रकार भेटघाट मार्फत जानकारी गराएको हो । ब्याचलर प्रथम वर्ष भर्ना हुन ६ हजार १ सय ५० रुपैया भर्ना शुल्क लाग्ने गर्दछ । नगरपालिकाले यस वर्ष ३ सय जना विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको नगरप्रमुख पन्थीले बताउनुभयो ।

नगरपालिकाले यस अघि क्याम्पसमा आर्थिक संकटमा परेको भन्दै १करोड रकम सहयोग गरेको थियो ।  सदरमुकाम तम्घास रहेको समुदायबाट सञ्चालित क्याम्पसमा पछिल्लो समय विद्यार्थी भर्ना हुने दर घटदै गएको छ ।

ad

जसले गर्दा क्याम्पस सञ्चालनमा समस्या हुँदै आएको छ । हाल रेसुङ्गा बहुमुखी क्याम्पसमा ७ सय ७९ जना विद्यार्थीले अध्ययनरत रहेकाेे क्याम्पस प्रमुख हरिबहादुर केसीले बताउनुभयो ।

स्नातक तह र स्नातकोत्तर तह अध्यापन गराउदै आएको क्याम्पसमा पढन मासिक शुल्क ९ सय ५० रुपैयाँ लाग्ने क्याम्पसले जनाएको छ । रेसुङ्गा नगरपालिकाले एसईईमा ३ दशमलव २ जीपीए ल्याएर उतिर्ण गरेर नगरपालिका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि मासिक १ हजार रकम दिँदै आएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।