पुल्कामुखमा ऋषिपन्चमीको अवसरमा तिज गित प्रतियोगीता सम्पन्न

0 91

महेश बोहरा गुल्मी ।।
महिलाहरुको महान पर्व हरितालिका तिजसंगै ऋषिपञ्चमीको अवसर पारेर खुल्ला तथा स्टेज तिज गीत प्रतियोगीता सम्पन्न भएको छ । न्यू सदाबहार युवा क्लव र बुद्धशान्ति युवा क्लव गुल्मीदरवार गाउँपालिका वडा नम्बर १ बलिथुम र चन्द्रकोट गाउँपालिका ८ को संयुक्त आयोजनामा आयोजनामा बलिथुम नरहरी कंडेल माध्यमिक बिद्यालय गुल्मीदरवार गाउँपालिका १ बलिथुम शिवपुरी पुुल्कामुखमा कार्यक्रम सम्पन्न भएको हो । २०५६ साल देखि नै हरेक बर्षको ऋषिपञ्चमीको अवसरमा पुल्कामुखमा तिज गीत सम्बन्धी कार्यक्रम हुने गरेको बुद्धशान्ति युवा क्लवका सचिव रुपेश श्रेष्ठले जानकारी दिनुभयो ।


आइतबार ऋषिपञ्चमीको अवसरमा भएको कार्यक्रममा गुल्मीदरवार गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष राजेन्द्र कंडेलको प्रमुख आतिथ्यता रहेको थियो । न्यू सदाबहार युवा क्लव गुल्मीदरवार गाउँपालिका १ का अध्यक्ष निर्मल गौतमको अध्यक्षता रहेको कार्यक्रममा विभिन्न ठाउँबाट १० समूहको सहभागीता रहेको थियो । जसमध्ये आँपचौर भलिवल क्लव मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरले प्रथम स्थान हासिल गरेको छ । केएमसी मालिका क्लव मुसिकोट नगरपालिका वडा नम्बर ६ कुर्घाले दोश्रो स्थान हात पार्दा दलित जनजाती मिलिजुली समूह चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ झुर्म तृतिय हुन सफल भएको छ । युथ भिजन क्लव चन्द्रकोट ८ मजुवाको समूहले सान्तवना स्थान हात पारेको छ ।
बिजेताहरुले क्रमशः नगद १६ हजार, १२ हजार ८ हजार र ४ हजार हात पारेका छन । जसको सौजन्य प्रथम पुरस्कार रक्षा भण्डारी, द्धितिय गोपाल कंडेल, तृतिय घनश्याम भण्डारी, र देविराम पराजुली सान्तवना पुरस्कार सौजन्य गर्नुभएको थियो भने शुसिला भण्डारीले उत्कृष्ट नृत्य पुरस्कार ४ हजार सौजन्य गर्नुभएको थियो । कार्यक्रममा मुख्य प्रायोजक गोकुल कंडेल, राजेन्द्रराज भण्डारी, शान्ति भण्डारी, तुलबहादुर गौतम, प्रेमकुमार गौतम यस्तै सह प्रायोजकमा टंकनाथ गौतम, दानबहादुर राना रहनुभएको थियो । कार्यक्रम सञ्चालनका लागी दुबै क्लवले विभिन्न व्यक्तिहरुबाट सहयोग रकम संकलन गरेका थिए ।

ad

क्लवसंग आर्थिक अभावका कारण सहयोग संकलन गर्नुपरेको बुद्ध शान्ति युवा क्लव चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ अध्यक्ष कृष्ण श्रेष्ठले बताउनुभयो ।  गुल्मीदरवार गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र कंडेलले संस्कृति संरक्षणमा युवाहरु लागेको देख्दा खुशी लागेको बताउनुभयो । उहाँले स्थानिय सरकार पनि सधै साथमा रहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । कार्यक्रममा बोल्ने अधिकाँस वक्ताहरुले हरितालिका तिजको शुभकामना दिदैं यस्ता कार्यक्रमले महिलाहरुलाई आत्मनिर्भर बन्न सिकाएको बताएका थिए । संविधानमा उल्लेख भएका महिलाहरुका अधिकारहरुलाई सुरक्षित गर्नुपर्ने बताए । यस्तै आफुभित्र भएको प्रतिभालाई बाहिर ल्यान कार्यक्रम कोशेढुङ्गा सावित भएको दाबी समेत गरेका छन । तीज बिशेष कार्यक्रममा विभिन्न प्रतियोगि समुहले मौलिक गीत नृत्य प्रस्तुत गरेका थिए ।

 

पछिल्लो समय तीज पर्वको अवसरमा बिकृती मूलक गीतहरु आइरहेको बेला गुल्मी जिल्लामा भने मौलिक गीत गाएर नाच्ने गरेका छन् । कला संस्कृतिको संरक्षण र पुरानै प्रचलनका गीत गाउने र नाच्ने प्रचलनलाई बचाइ राख्नका लागि प्रतियोगिता राखिएको अध्यक्ष गौतमले बताउनुभयो । तीजको अवसरमा गीतका माध्यमबाट महिलाहरुले घरमा आफुले भोगेका सुखःदुखका बेदनाहरु गीतका माध्यमबाट पोख्ने गर्दछन् । गुल्मी लगायत पश्चिम तिर यस्ता भाकाहरु वढि प्रचलनमा रहेका छन् । प्रतियोगितामा महिलाहरुले नारी बेदना  तथा देश भक्ति प्रेमका गीतहरु प्रस्तुत गरेका थिए ।

क्लवले कार्यक्रम गरेर बचत भएको रकमले विभिन्न क्षेत्रमा सडक लाइट जडान गर्ने प्रचारप्रसार समिति संयोजक जिवन गौतमले जानकारी दिनुभयो । उहाँ अनुसार गुल्मीदरवार गाउँपालिकाको वडा नम्बर १ को टारी, खत्रीटोल, बुढीचौर, रामपुर जाने नयाँ पुलमा सडक बत्ती जडान गर्ने योजना छ । यस्तै चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ मा रामपुरदेखि बौरसम्म सडक बत्ती मर्मत र पुल्कामुखदेखि कालिका गाउँसम्म सडक बत्ती जडान गर्ने योजना रहेको छ । । न्यू सदाबहार युवा क्लव गुल्मीदरवार गाउँपालिका वडा नम्बर १ बलिथुमका संरक्षक सुरेश कंडेलको स्वागत मन्त्व्य रहेको कार्यक्रमको संचालन बुद्धशान्ति युवा क्लव चन्द्रकोट ८ गुल्मीका सचिव रुपेश श्रेष्ठले गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।