अविरल वर्षासँगैको पहिरोले तम्घास रिडी सडक अवरुद्ध

0 98

अनिल खत्री

१२ असोज, गुल्मी । अविरल वर्षासँगै पहिरोले तम्घास रिडी सडक अवरुद्ध भएको छ । जिल्लाको छत्रकोट गाउँपालिकाको वडानम्बर-३ लुम्छा र गुल्मीदरबार गाउँपालिकाको वडानम्बर- ४ बिरवासमा पहिरोले कालोपत्रे सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

बाटो सुचारु गर्न निर्माण व्यवसायी समान्तर कन्टक्सनसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । अहिले रिडीदेखि बिरवाससम्मको २५ किलोमिटर सडक स्तर उन्नति र कालोपत्रे गर्न काम भइरहेको छ ।

ad

गुल्मी सदरमुकाम तम्घास भित्रिने मुख्य सडक हो ।सडक बिस्तारको क्रममा रहेकाले अन्य समयमा पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।

वर्षाले जिल्लाका अधिकांश स्थानका सडक जीर्ण बनेका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।