एमाले धुर्कोटको अध्यक्षमा खत्री चयन 

0 37

अनिल खत्री

१३ असोज, गुल्मी ।  नेकपा एमाले धुर्कोट गाउँपालिकाको अध्यक्षमा लोकबहादुर खत्री चयन भएका छन् । पालिकाको दोस्रो अधिवेशनले खत्रीको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको हो ।

जसको उपाध्यक्षमा चुरा थापा ,सचिवमा अर्जुन भण्डारी , उपसचिवमा तुलबहादुर काउचा र कमला बिक लगायत रहेका छन् । नेकपा एमालेको धुर्कोट गाउँ कमिटीको दोस्रो अधिवेशन धुर्कोटमा सम्पन्न भएको छ। अधिवेशनको लुम्बिनी प्रदेशका मन्त्री तथा एमाले केन्द्रीय सदस्य दिनेश पन्थीले उद्घाटन गरेका थिए ।

ad

मन्त्री दिनेश पन्थीले पार्टीको आगामी रणनीति र योजनाबारे प्रकाश पार्दै, पार्टीलाई थप सशक्त बनाउनका लागि नयाँ नीतिहरू प्रस्तुत गरे । उनले स्थानीयस्तरमा पार्टीको सुदृढीकरणका लागि सबै तहमा एकता सहित अघि बढ्नुपर्ने आवश्यकता बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य गणेश खनाल, एमाले गुल्मी जिल्ला अध्यक्ष बालसिंह काउछा, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष एवं एमाले उपत्यका समन्वय कमिटी सदस्य राजेन्द्र अर्याल,  लगायत केन्द्र र जिल्ला स्तरका नेता कार्य कर्ताको सहभागीता रहेको थियो । एमाले गुल्मीले पालिका अधिवेशनलाई तिब्रताका साथ अगाडि बढाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।