गुल्मीमा दशैं तिहार लक्षित नागरिक सहायता कक्ष स्थापना

0 27

अनिल खत्री
१८ असोज,गुल्मी । गुल्मीमा दशै, तिहार पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्षको स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता कक्षको स्थापना गरेका हुन् ।
जिल्लाको सदरमुकाम तम्घासको तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्क, वामी, रिडी बसपार्क, श्रृङ्गा, गरि विभिन्न स्थानमा नागरिक सहायता कक्षकोे स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । सहायता कक्षको स्थपाना गर्दै गुल्मीबाट बुटवलको छुट्ने बसको चालकलाई फूल माला लगाएर सुरक्षित यात्राको कामना सहित शुभारम्भ गरिएको थियो ।
दशैं तिहारको समयमा बसपार्क क्षेत्रमा अत्यधिक भिड हुने भएकाले नागरिकको सहजताको लागि सहयाता कक्ष स्थापना गरिएको डिएसपी पोखरेलले बताए । यो अवधिमा चेक जाँच, ओभर लोड र मापासे चेकजाँचलाई कढाइका साथ लैजाने पोखरेलले बताए ।
यात्रा गर्दा नागरिकले अनावश्यक सास्ती भोग्नुपर्ने, लुटिने तथा कुटिने चर्को मुल्य तिनु पर्ने समेतका घटनालाई मध्यनजर गरी नागरिक सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षवाट सवै नागरिकलाई सचेत भएर यात्रा गर्नका लागि जनचेतना फैलाउने काम प्रहरीले गर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
सहज र सरल तरिकावाट यात्राका लागि वातावरण तयार गर्न यात्रु र सम्वन्धित यातायात व्यवसायी संघ, संस्थासंग समन्वय गर्ने काम प्रहरीले शर्माले बताए । चाडपर्वका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण गर्न र सहज यात्राका लागि पनि नागरिक सहायता कक्षवाट काम हुने प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।
तम्घासको बसपार्कमा स्थापना भएको सहायता कक्षमा चौविसै घण्टा प्रहरीहरुले सेवा प्रदान गर्नेछ । यात्रुहरुलाई सजग र सुरक्षित यात्राका लागि समय समयमा जनचेतना मूलक सन्देश प्रवाह प्रहरीले गर्नेछ ।
नागरिक सहायता कक्षमा नागरिकले आफ्ना समस्या र गुनासाहरु पनि राख्न सक्नेछन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।