गुल्मीमा ६९ ओँ प्रहरी दिवस मनाइयो

0 10

सूर्य सुनार
असोज ३०, गुल्मी
गुल्मीमा ६९ ओँ प्रहरी दिवस बिविध कार्यक्रम गरी मनाइएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय गुल्मीमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीद्धारा आयोजित पुरुष डबल ब्याटमिटन प्रतियोगिता र सिङगल टेबल टेनिस प्रतियोगिताका खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाण पत्रले सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा ड्युटीमा खटिएको अवस्थामा ज्यान गुमाएका सहिदका परिवारलाई सम्मान समेत गरिएको थियो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले नागरिकले प्रहरीको अनुभूति गर्नको लागि सरकारले जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।

ad

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले देशको शान्ति सुरक्षाको लागि प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । गुल्मी जिल्लामा धेरै ठाउँमा प्रहरी चौकीको आवश्यक रहेको नागरिकले माग गरेपनि जनशक्ति प्रयाप्त नहुँदा ती ठाउँमा प्रहरी चौकी स्थापना गर्न नसकिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन, घरेलु हिंसा तथा अपराध नियत्रणमा प्रहरीले विशेष गरी काम गरेको बताउनुभएको थियो ।

कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका कार्यालय प्रमुख, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।