गुल्मीमा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिता हुने

0 46

अनिल खत्री
८ कात्तिक, गुल्मी । गुल्मीमा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिता हुने भएको छ । स्क्रबल क्लवको आयोजनामा जिल्ला सदरमुकाम तम्घासको सिद्धबाबा माध्यमिक विद्यालयमा हुने १० औं राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिता बारे पत्रकार भेटघाटको आयोजना गरेर जानकारी गराइएको थियो ।
प्रतियोगिताको प्रत्येक वर्ष छुट्टाछुट्टै जिल्लाले आयोजना गर्ने गरेका छन् । यसवर्ष गुल्मी जिल्लाको सिद्धबाबा माध्यमिक विद्यालयले व्यवस्थापनको जिम्मा लिएको छ ।
प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा भएको सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोरबिक्र श्रीसले बताए । प्रतियोगितामा सहभागि हुन विभिन्न जिल्लाका प्रगियोगिहरु गुल्मी जिल्लामा आएका छन् ।
केहि जिल्लाबाट आउने क्रममा रहेका छन् । स्क्रबल प्रतियोगिताको अवसरमा शिक्षक विद्यार्थीहरुलाई विभिन्न ज्ञान सिपको बारेमा पनि तालिम प्रदान गर्ने कार्यक्रम रहेको श्रीसले बताए ।
कात्तिक ९ र १० गते दुई दिनसम्म हुने प्रतियोगितमा नेपाल भरबाट २० वटा भन्दा बढी विद्यालयका १ सय जना बढी विद्यार्थी सहभागी हुने स्क्रबल क्लवका अध्यक्ष केशवप्रसाद पराजुलीले बताए ।
प्रतियोगितामा शीर्ष चार स्थान हात पर्नेले क्रमश १० हजार, ८ हजार ६ हजार र ४ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट लेडिले २ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
स्क्राबल शब्द खेल हो, जहाँ खेलाडीहरू अक्षरहरूको टाईलहरू प्रयोग गरेर बोर्डमा शब्दहरू बनाउनुपर्ने हुन्छ । प्रत्येक अक्षरको टाईलले निश्चित अंक ल्याउँछ, र खेलाडीहरूले बोर्डमा टाईलहरू राखेर उच्च अंक प्राप्त गर्ने प्रयास गर्छन् ।
खेलको उद्देश्य अधिकतम स्कोर हासिल गर्नु हो । शब्दहरू क्रसवर्ड जस्तै अन्य शब्दहरूलाई छोएर राखिन्छ, र अंकहरू विशेष स्कोरिङ क्षेत्रहरूमा टाईल राख्दा बृद्धि हुन्छ ।
यो खेलले शब्दकोशको ज्ञान र रणनीतिक सोचलाई समायोजन गर्न आवश्यक हुन्छ । सन १९३८ देखि अमेरिकाबाट सुरु भएको यस खेलमा नेपालमा ७७ जिल्ला मध्ये ४० वटा भन्दा बढी जिल्लाहरुमा यो खेल परिचित भैसकेको छ ।
नेपालमा २०७६ सालमा स्क्रबल क्लवको गठन गरिएको थियो । बर्षैपिच्छे सेप्टेम्बर महिनामा यो प्रतियोगिता हुने गरेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।