रेसुङ्गामा हुने ‘गो’ महोत्सवको पूर्वसन्ध्यामा तम्घास बजारमा शोभायात्रा

0 4

अनिल खत्री  कार्तिक ८    गुल्मी ।

गुल्मी जिल्लाको रेसुङ्गामा पहिलो पटक सञ्चालन हुन लागेको ‘गो’ महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञको पूर्वसन्ध्यामा शोभायात्रा गरिएको छ । शुक्रबार अर्थात भोलिदेखि शुरु हुने ‘गो’ महोत्सवको पूर्वसन्ध्यमा प्रचारप्रसार स्वरुप तम्घास बजारमा विभिन्न संघ संस्थाको उपस्थितिमा बिशाल शोभायात्रा गरिएको हो । जिल्लाको धार्मिक ऐतिहासिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा क्षेत्रमा रहेको गौशालामा कार्तिक ९ गते देखि कात्तिक १६ गते गाई तिहारका दिनसम्म सञ्चालन ‘गो’ महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञ सञ्चालन हुने रेसुङ्गा संरक्षण समितिका सह–सचिव यज्ञप्रसाद पन्थीले बताउनुभयो ।

महोत्सवमा पण्डित रमेश सुवेदीद्धारा गरिने प्रवचनमा मानव जीवनमा गाईको महत्व लगायतका विषयमा प्रवचन गर्ने कार्यक्रम रहेको छ । त्यस अवसरमा आफ्ना मावली हजुरबुबा स्वर्गिय खडनन्द पाण्डे र स्वर्गिय हजुरआमा खगिसरा पाण्डे तथा स्वर्गीय पिता चिन्तामणि र स्वर्गिय माता निमकला भुसालको स्मृतिमा उद्यमी बालकृष्ण भुसाल तथा धर्मपत्नी शान्ता भुसालद्वारा गौशालामा निर्मित श्री राधा कृष्ण भगवानको मूर्ति प्रतिस्थापन तथा मन्दिरको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको सह–सचिव पन्थीले बताउनुभयो ।

ad

महोत्सवमा संकलित हुने रकमबाट गाईहरुको दिर्घकालिन संरक्षण र सम्वद्र्धनका लागि अक्षय कोष स्थापना गर्ने प्रमुख उद्देश्य समेत राखिएको आयोजकले जनाएको छ ।   २०४२ साल देखि व्यवस्थित रुपमा रेसुङ्गा गोशाला चौतारामा स्थानीय जातका गाईहरु संरक्षण गरिदैं आएको छ । अहिले १५० भन्दा बढी स्थानीय जातका गाईहरु संरक्षित रहेका छन् ।

 

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।