सूर्य सुनार
३ मंशिर, गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको नेटाखर्कमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ४ वडागाउँ स्थित नेटाखर्कमा रहेकोे स्वास्थ्य चौकीको गुल्मी क्षेत्रनम्बर २ का सांसद गोकर्ण बिष्टले गर्नुभएको हो ।
भवनको शुभारम्भ गर्दै संबौधानिक रुपमा आधारभूत स्वास्थ्य सेवा जनताले स्थानीय तहबाट पाउनुपर्ने अधिकार रहेको भन्दै आधारभूत सेवा केन्द्रबाट देशभरका जनताले सेवा लिरहेको बताउनुभयो । स्वास्थ्य चौकीको उद्घाटन गर्दै सांसद गोकर्ण बिष्टलेले नगरपालिकाकै सबैभन्दा ठूलो वडामा सुबिधायुक्त स्वासथ्य चौकी भवन बनेसँगै आधारभूत स्वास्थ्य सेवा लिन तम्घास जानुपर्ने समस्यालाई गाउँबाटै समाधान भएको बताउनुभयो । वडामा आधारभूत स्वास्थ्य सेवा, पालिका केन्द्रमा पालिका अस्पताल हुदै जिल्ला अस्पतालबाट गाउँघरमै सरकारले सेवा दिन लागेको बताउनुभयो ।
विकास विस्तार गाउँघर तर्फ आइरहेको तर बसाइसराइ भने सहर केन्द्रित भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले पहिले र अहिले तुलना गर्दा कैयौं विकास हुँदै आएको बताउनुभयो । बिष्टले देश विकास गर्न समय लाग्ने भएकाले आशावादी हुन नागरिकलाई आग्रह गर्नुभएको थियो ।
जीर्ण भवनबाट सेवाप्रवाह गर्दै आएको स्वास्थ्य चौकीको नयाँ भवन बनेसँगै सेवाप्रवाहमा पनि सहज हुने भएको छ । भौलिक बिकट रहेको वडागाउँको स्वास्थ्य चौकी भवनबाट सेवाप्रवाह हुन थालेपछि नागरिकलाई सहज भएको स्थानीय करण विश्वकर्माले बताउनुभयो ।
भवन १ करोड ३४ लाख २९ हजार ८४ रुपैयाको लागतमा जिआर एस कन्स्ट्रक्सन एण्ड सप्लायर्सले निर्माण गरेको हो । मुसिकोट नगरपालिकामा हाल ९ वटाहरुमध्ये वडानम्बर २ बाहेक सबै वडामा रहेका स्वास्थ्य संस्थाले आफनै भवनबाट सेवा दिने गरेका छन् । नगरपालिकामा रहेको १५ शैयाको अस्पताल निर्माण कार्य पनि तिब्र गतिमा अगाडी बढेको नगरपालिका नगरप्रमुख जीवन खरेलले बताउनुभयो ।
नवनिर्मित स्वास्थ्य चौकीबाट आधारभूत तहका बिरामी चेक जाँच, प्रसुति जाँच, औषधी वितरण, घाउ चिरफार लगायतका उपचार हुने गरि छुट्टछुट्टै कक्षको व्यवस्था गरिएको छ ।