रेसुङ्गा नगरपालिकाद्धारा अनुदानमा कृषि औजार वितरण

0 10

सूर्य सुनार
माघ ७, गुल्मी
कृषि उपजको उत्पादन वृद्धि गर्न गुल्मीको रेसुङ्गा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण कृषकलाई वितरण गरेको छ ।
नगरपालिकाले हाते ट्र्याक्टर ८ वटा, पावर स्प्रे ५ थान र प्लाष्ट्रिक टडेल २०० थान ७० जनालाई वितरण गरिएको कृषि शाखाले जनाएको छ ।
कृषकको मुख्य अभिभावक स्थानीय सरकार भएको अनुभूति रेसुङ्गा नगरपालिकाले देखाएको रेसुङ्गा नगरपालिका वडा नम्बर ६ का कृषक प्रेम नेपालीले बताउनुभयो । वास्तविक किसानले मात्रै अनुदानका कार्यक्रममा समावेश गराउने हो भने सही ठाउँमा अनुदानको रकम सदुपयोग हुने नेपालीको भनाई थियो ।
त्यस्तै आर्को रेसुङ्गा नगरपालिका वडा नम्बर १० का कृषक विनोद कुँवरले कृषि पेशामा गर्न सके अवसर र चुनौती दुबै रहेको बताउनुभयो । पछिल्लो समय वैदेशिक पलायन हुनेको संख्या वृद्धि भइरहेको हुँदा केही गर्छु भन्ने युवालाई स्थानीय सरकारले जोडनुपर्नेमा ध्यानदिनुपर्ने बताउनुभयो । समय समयमा यस्ता अनुदानका कार्यक्रमले कृषकलाइ थप उत्साहित बनाएको बताउनुभयो ।


त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्बर ३ का कृषक खिम बहादुर पुनले स्थानीय सरकारले अनुदानका कार्यक्रममा जोडर काम गर्दा वास्तविक कृषकले लाभ लिने बताउनुभयो । पछिल्लो समय अनुदान दिने तर सही सदुपयोग नभएको हुँदा त्यसको निगरानीमा सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो ।
रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले उत्पादन गरेर किसानले आम्दानी लिन कृषकलाई आग्रह गर्नुभयो ।परिणाम नदेखिए आगामी दिनमा यस्ता अनुदानका कार्यक्रम नहुने समेत पन्थीले बताउनुभयो । कषि क्षेत्रमा लागेका किसानलाई सरकारले प्रोत्साहन नगरे केही काम सफल नहुने नगर प्रमुख पन्थीले बताउनुभयो । नगरपालिकाले युवालाई देशमै रोजगारी दिने गरी काम गरिरहेको हुँदा कृषिबाट बढि आम्दानी गर्न सके विदेश जान नपर्ने बताउनुभयो ।
नगरपालिकाले रेसुङ्गा नगरपालिकाका वडा नम्बर १ देखी १४ सम्मका वास्तविक कृषकलाई आवश्यक कृषि सामग्री वितरण गरेको हो ।

 

 

 

 

 

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।