शारदा माविमा पुनः अकबरे खुर्सानी खेती सुरु, व्यवहारिक सिकाइको उत्कृष्ट नमूना

विद्यालयका कक्षा ९, १० र ११ का विद्यार्थीहरुले मल्चिङ विधिको प्रयोग गर्दै करिब पौने एक रोपनी क्षेत्रफलमा १२ सय भन्दा बढी अकबरे खुर्सानीका बिरुवा रोपेका छन ।

0 501
महेश बोहरा, जेठ ६ गुल्मी ।
शिक्षा केवल किताबी ज्ञानमा सीमित रहनु हुँदैन भन्ने उदाहरण बनेको छ— गुल्मी जिल्लको चन्द्रकोट गाउँपालिका १ सराङ्गमा अवस्थित शारदा माध्यमिक विद्यालय । विद्यार्थीहरूमा श्रमप्रति सम्मान र व्यवहारिक सिपको विकास गर्ने उद्देश्यसाथ विद्यालयले गत वर्षको सफल अनुभवलाई दोहोर्याउँदै पुनः अकबरे खुर्सानी खेती सुरु गरेको छ । विद्यालयका कक्षा ९, १० र ११ का विद्यार्थीहरुले मल्चिङ विधिको प्रयोग गर्दै करिब पौने एक रोपनी क्षेत्रफलमा १२ सय भन्दा बढी अकबरे खुर्सानीका बिरुवा रोपेका छन । कार्यक्रममा सहभागी हुदाँ निकै खुसी लागेको बिद्यार्थीले प्रतिक्रिया दिए । उनिहरुले बिद्यालयमा पढाई संगै व्यवहारमा पनि सिक्न पाउँदा खुसी लागेको बताए ।
ad
गत वर्ष खुर्सानीको खेतीबाट विद्यार्थीहरूलाई कृषि सिपको व्यावसायिक अनुभवमात्र नभई, आत्मनिर्भरताको अनुभव पनि भएको थियो । उक्त प्रयासले विद्यार्थीमा श्रमको सम्मान, माटोसँगको सम्बन्ध र उत्पादनको मूल्य बुझ्ने संस्कार विकास गरेको बिद्यालय र विद्यार्थीले बताएका छन । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद सुवेदीका अनुसार, गत वर्ष पनि यस्तै विधिबाट करिब ६ क्विन्टल खुर्सानी उत्पादन गरी बिक्री गरिएको थियो । तीमध्ये केही बिरुवाले फेरी  उत्पादन दिन थालेका छन् ।
यस वर्षको प्रयास पनि त्यसको निरन्तरता हो । विद्यालयले बिरुवा र सल्लाह उपलब्ध गराउदै आएको छ भने विद्यार्थीहरूले आफ्नै घरमा पनि खेती गर्नुपर्नेछ । सोही अनुसार विद्यालयले ‘घरदैलो कार्यक्रम’ सञ्चालन गरी अनुगमन गर्ने तयारी समेत गरेको छ । स्थानीय अभिभावक, शिक्षक तथा सरोकारवालाहरूले यस्तो कार्यक्रमले बालबालिकालाई केवल किताबी होइन, जीवनोपयोगी शिक्षा दिने विश्वास व्यक्त गरेका छन्।
हामीले जब सिकाइलाई व्यवहारसँग जोड्यौं, विद्यार्थीहरूको सक्रियता, जिम्मेवारी र सिर्जनशीलता उल्लेखनीय रूपमा बढेको देख्यौं,” शिक्षकहरूको भनाइ छ । यस भन्दा अगाडी पनि शारदा माध्यमिक विद्यालयले लसुन खेती गरेको थियो  । जुन अहिले बिक्रीका लागी तयारी अवस्थामा छन ।   अकबरे खुर्सानी खेतीजस्ता कार्यक्रमहरूले ग्रामीण शिक्षा प्रणालीमा नयाँ ऊर्जा भर्ने सम्भावना देखिएको छ ।  यस्ता अभ्यासले विद्यार्थीलाई आत्मनिर्भर र उत्पादनशील बनाउने मात्र होइन, गाउँघरमै रोजगारी सिर्जना गर्ने सम्भावना पनि बोकेको छ ।
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।