चन्द्रकोट– ८ पिपलपाटामा ५ दिने सरफ र हार्पिक बनाउने तालिम सञ्चालन

तालिममा स्थानीय क्षेत्र दमार, दाङसिङ, तुथुङ र पिपलपाटा क्षेत्रका ४० जना महिलाहरूको सक्रिय सहभागिता रहेको छ । ५ दिनसम्म सञ्चालन हुने तालिमको कुल लागत रु १ लाख १० हजार रुपैयाँ रहेको छ ।

0 150

 

गुल्मी – गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका– ८ पिपलपाटामा मंगलबारदेखि पाँच दिने सिपमूलक तालिम सुरु भएको छ । तुराङ्ग सामुदायिक सिकाइ केन्द्रको आयोजनामा र चन्द्रकोट गाउँपालिका वडा नं. ८ को सहआयोजनामा सुरु भएको तालिमको औपचारिक उद्घाटन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले गर्नुभयो । कार्यक्रममा चन्द्रकोट–८ का वडाध्यक्ष फणिन्द्रराज अर्याल, कार्यपालिकाका सदस्य विष्णुमाया सापकोटा, वडा सदस्य बाबुराम बोहोरा तथा निबर्तमान वडाध्यक्ष नन्दराम अर्यालको विशेष आतिथ्यता रहेको थियो । तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता तुराङ्ग सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष जगतबहादुर रानाले गर्नुभएको थियो । तालिममा स्थानीय क्षेत्र दमार, दाङसिङ, तुथुङ र पिपलपाटा क्षेत्रका ४० जना महिलाहरूको सक्रिय सहभागिता रहेको छ । ५ दिनसम्म सञ्चालन हुने तालिमको कुल लागत रु १ लाख १० हजार रुपैयाँ रहेको छ । सहभागीहरूले सरफ र हार्पिक बनाउने सीप सिक्नेछन्, जसले उनीहरूको आत्मनिर्भरता र घरायसी आम्दानीमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ।


उद्घाटन समारोहमा प्रमुख अतिथि चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले यस्ता सिपमूलक तालिमहरूले महिलामा उद्यमशीलता विकास गर्ने बताउँदै, “सीप सिकेर आफ्नो व्यवसाय सुरु गर्न चाहनेलाई गाउँपालिकाले आवश्यक सहयोग गर्नेछ” भन्ने प्रतिवद्धता जनाउनुभयो । स्थानीयस्तरमा स्वरोजगार र सशक्तिकरणको अभियानलाई अगाडि बढाउने उद्देश्यले सञ्चालन गरिएको यो तालिम महिलाहरूको जीवनस्तर सुधारतर्फ एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।