मदानेमा कांग्रेसका अध्यक्ष उपाध्यक्षमा एमाले निर्वाचित

0 306

गुल्मी जिल्लाको मदाने गाउँपालिकामा नेपाली कांग्रेसका महेन्द्रबहादुर कुँवर अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेका सरिता खड्का निर्वाचित भएकी छन् । अध्यक्षमा कुँवरले ४ हजार ७०७ मत ल्याएका छन् । उपाध्यक्षमा खड्काले ४ हजार ५६५ मत ल्याएकी छन् । गाउँपालिकामा अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम केसीले ४ हजार ६९७ मत ल्याएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका बेगम चन्दले ४ हजार २११ मत पाएका छन् । गाउँपालिकामा रहेका ७ वटा वडाहरु मध्ये ५ वटा वडामा नेपाली कांग्रेस र २ वटा वडामा नेकपा एमालेले जितेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।