गुल्मीका नवनिर्वाचित १२ वटा स्थानीय तहका प्रमुखले लिए शपथ

0 190

 

जेठ ०६, गुल्मी – गुल्मी जिल्लामा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिधीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रवार रेसुङ्गा नगरपालिकाको सभाहलमा निर्वाचित पालिका प्रमुखले मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीबाट शपथ लिएका हुन् । स्थानीय तहका प्रमुख एवं अध्यक्षले न्यायधीस मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएका हुन् । सपथ लिएपछी उनिहरुले आफ्नो पालिकामा पुगेर उप–प्रमुख,वडा अध्यक्ष सहित निर्वाचित सदस्यलाई सामुहिक रुपमा पद तथा गोपनीयताको शपथ गराएर कार्यभार सम्हाल्नेछन् ।

जिल्लाका स्थानीय तहका प्रमुख सपथ लिएर आफनो स्थानीय तहमा पुगेर पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित स्थानीय तहका प्रमुखहरुले निर्वाचनमा मातदाता विच गरेका प्रतिबद्धता अनुरुप काम गर्ने जनप्रतिनिधिले बताएका छन् । सपथ लिएका प्रमुखले आफ्नो पालिकामा पुगेर आजै अन्य जनप्रतिनिधिलाई सपथ ग्रहण गराउने छन् ।

ad

जिल्लामा ५ वटा स्थानीय तहमा नेपाली कांग्रेस, ४ वटामा माओवादी केन्द्र र ३ वटामा नेकपा एमालेले जितेको छ । जिल्लाभरका स्थनीय तह र ९३ वटा ४ सय ८९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरुको पाँच वर्षे कार्यकाल आजबाट सुरु भएको छ । निर्वाचित जनप्रतिनिधिले मतदाताको अपेक्षा अनुरुप काम गर्ने छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।