छत्रकोटको पहिलो निर्णय: दूई एम्बुलेन्स खरिद गरेर सञ्चालन गर्ने

0 318

गुल्मी । छत्रकोट गाउँपालिकाका नयाँ जनप्रतिनिधीले पहिलो दिन चार निर्णय गरेका छन् । गाउँपालिकामा दुई एम्बुलेन्स खरिद गरेर सेवा बिस्तार गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले जानकारी दिए । वडा नं १,२,३ र ४ को लागि श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा एक र वडा नं ५ र ६ को लागि खज्र्याङमा स्वास्थ्य चौकीमा रहने गरेर एउटा एम्बुलेन्स खरिद गरेर सञ्चालन गर्ने उनले बताए । त्यस्तै वडा नम्बर छत्रकोट गाउँपालिका ६ दौघाको खानेपानी समस्या समाधान गर्न ०७८÷०७९ को खर्च नहुने बजेटबाट रु तीन लाख बिनियोजन गर्ने, सर्वसाधरण जनताको सेवा प्रवाहलाई सहज र सरल बनाउन हेल्प डक्स स्थापना गर्ने, वडास्तरबाट सिफारिस भएर आएका प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतका योजनाहरुलाई कार्यान्वयन गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख पाण्डेयले बताए । उनले निर्वाचन परिचालनको क्रममा नागरिकको बिचमा पनि एम्बुलेन्सको व्यवस्था नगरेसम्म आफु सरकारी साधनको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।