विगत १० बर्षदेखि सामुहिक व्यावसायिक आलुखेती : मनग्य आम्दानी गर्दै मुसिकोटका महिला

0 184

 

जेठ १९, गुल्मी –गुल्मी जिल्लाको मुसीकोट नगरपालिका ८ का कृषक विगत १० वर्ष देखी आलु खेती गर्दै आएका छन् । परम्परागत रुपमा गर्दै आएको आलु खेती सामूहिक महिलाले व्यावसायिक आलु खेती गर्दै आएका हुन् । गाउँघरमा परम्परागत शैलीमा गर्दै आएको आलु खेतीलाई सामूहिक गर्न थालेपछि घर खर्च र आलु खेतीमा सहजता भएको कृषक लक्ष्मी सापकोटाले बताइन् ।

कृषक सापकोटाले भनिन् “तम्घास कृषि ज्ञान केन्द्रबाट तालिम पाएपछि हामी व्यावसायिक आलु खेतीमा लाग्यौं आलु उत्पादनबाट भएको आम्दानीले छोरा छोरीको पढाई र घर खर्च चलाउन सजिलो भएको छ।”

ad

उनीहरूले आलु तथा अलैंची उत्पादक कृषि महिला नामक समूह दर्ता गरेका छन् । समुहमा आफूहरूले व्यावसायिक खेती गर्दा मल, बिउ किनमेल र पानी हाल्ने देखी स्याहार सम्भारमा सहज भएको सामूहिक सचिव तथा कृषक दिलमाया घर्तीले बताइन् ।यस वर्ष उनीले सामूहिक र व्यक्तिगत रुपमा क्विन्टलको क्विन्टल आलुका बिउ खेत र वारीमा लगाएका छन् । उनीहरूले आलु बेचेर दैनिक चलाएका छन् ।

उत्पादन भएका आलु स्थानीय बजार हुदैँ तम्घास बजार सम्म खपत हुदैँ आएको कृषक बताउँछन् । समूहकी सदस्य लक्ष्मी सापकोटाले भनिन् हामीहरूले उत्पादन गरेका आलु ६ महिना सम्म घरबाटै बेचेर सक्छौँ तर एकै पटक बजार सम्म बिक्री गर्न सक्ने हो भने हाम्रो आम्दानी एकमुष्ठ देखिने थियो ।

हाल मुसीकोट नगरपालिका ८ का कृषकले यस क्षेत्रलाई आलुको पकेट क्षेत्र बनाएर महिलाहरूलाई व्यावसायिक र उद्यमी बन्ने अवसर लक्ष्मीनारायण महिला कृषि सहकारीले मिलाएको छ । सहकारी मार्फत कृषकलाई तालिम, बिउ र उत्पादन आलुलाई बजारीकरण गर्ने गरेका सामूहिक अध्यक्ष यमुना घिमिरेले बताइन् ।

यस पटक ४० जनाको समुहले बारी र खेतमा आलु खेती गर्दै आएका छन् । ५ हेक्टर क्षेत्रफलमा आलु लगाउँदा कृषि ज्ञान केन्द्रले सहयोग गरेको छ । यस वर्ष १ सय क्विन्टल आलु लगाइएको छ । ६५ क्विन्टल बिउमा सहकारीले सहयोग गरेको छ सामूहिक अध्यक्ष घिमिरेले बताइन् ।

मुसीकोट नगरपालिकाका माझखर्क, रुक्से, वामी र सन्कोललाई आलु पकेटको रुपमा विकास गरि खेती गरिरहेको सहकारीले जनाएको छ । सहकारीमा हाल सम्म ५ सय २२ जना सदस्य रहेका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।