धुर्कोटमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी दर्ता शिविर

0 239

धुर्कोट गाउँपालिकामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी दर्ता शिविरको सुरुवात भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको समन्वय र धुर्कोट गाउँपालिकाको आयोजनामा दर्ता शिविर सुरु भएको हो ।

पहिलो चरणमा वडा नं। ४ जैसिथोक, वडा नं। ५ वस्तु र वडा नं। ६ धुर्कोट रजस्थलमा शिविर संचालन गरिएको छ । नागरिकलाई घरदैलौ नजिक सेवा प्रदान गर्ने उद्देश्यले शिविर संचालन गरिएको हो ।

ad


शिविरमा व्यक्तिगत घटना दर्ता अन्तर्गत जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराईको छुट भएको दर्ता तथा उमेर पुगेर समेत सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएका लाभग्राहरुको दर्ता गरिनेछ ।

शिविर आगामी असार असार १६ गते सम्म संचालन हुनेछ । शिविरको दोस्रो चरणमा वडा नं। १ नयाँगाउँ, वडा नम्बर २ पिपलधारा, वडा नम्बर ३ हाडहाडे एवम् तेस्रो चरणमा वडा नम्बर ७ वाग्लामा संचालन गर्ने तयारी रहेको गाउँपालिकाका एम्आइएस् कम्युटर अपरेटर झविन्द्र भण्डारीले जानकारी दिए ।

धुर्कोट गाउँपालिकाले २०७७ साल पौष १ गते देखि घटना दर्ता अनलाईन गर्नुको साथै सामाजिक सुरक्षा समेत बैँकिङ्ग प्रणालीबाट वितरण गर्दै आइरहेको भण्डारीले जानकारी दिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।