गुल्मीमा फेरि खुकुलो बनाउदै भदौ १० गतेसम्म निषेधाज्ञा थप

0 142

१ भदौ, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञालाई खुकुलो बनाउदै भदौ १० गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई केहि खुकुलो बनाउदै भदौ १० गतेसम्म थपिएको हो । कोरोना संक्रमणको दर नघटेपनी अघिल्लो साता कडाइ गरिएको निषेधाज्ञालाई खुकुलो बनाइएको छ । थपिएको निषेधाज्ञा अनुसार पसल व्यवसायहरु, बैक र बित्तिय संस्था, होटल तथा रेष्टुरेण्टहरु टेक अवे सेवालाई प्रथामिकता दिँदै दिउँसो ३ बजेसम्म खुल्ने भएका छन् ।
निजी तथा सार्वजानिक र सरकारी सवारीसाधन साँझ ८ बजेसम्म गनतब्यमा पुग्ने गरी चल्न पाउने भएका छन् । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् ।
जिल्लामा संचालित शैलुन, ब्युटिपार्लरहरु, शैक्षिक संस्थाहरु भने संचालनमा पुर्ण रुपमा रोक लगाइएको छ । जिल्लाभर कोरोना संक्रमण दर निरन्तर बढिरहेकाले अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।


कोरोनाका संक्रमित निरन्तर बढेपनि लकडाउन खुकुलो बनाएपछि नागरिकमा फेरि पनि कोरोना संक्रमणको त्रास छाएको छ । जिल्लामा दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट ६११ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु भइसकेको छ । जिल्लामा कोरोना बिरुद्धको पहिलो मात्राको खोप लागाउको संख्या ५१ हजार ४६० जना रहेका छन् । दोस्रो मात्राको खोप लागाउको संख्या ३३ हजार ७०९ जना रहेका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।