गुल्मीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

0 117

राधा पोखे्रल, तम्घास ।। गुल्मीमा पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणको क्रममा ५ जना र एन्टिजेन परिक्षणको क्रममा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको सत्यवती गाउँपालिकामा १० जना,धुर्कोट गाउपालीकामा ८ जना, रेसुंगा नगरपालीकामा ३ जना, चन्द्रकोट गाउपालीकामा ३ जना,मुसिकोट नगरपालीकामा २ जना र गुल्मीदरबार गाउपालीकामा १ जना गरि २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा संक्रिय संक्रमित ६ सय ३८ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९५ जनाले ज्यान गुमाएका छन ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।