प्रेस सेन्टर नेपाल गुल्मीद्धारा शुभकामना आदान प्रदान

प्रेस सेन्टर नेपाल गुल्मीद्धारा शुभकामना आदान प्रदान

0 126

असोज २२,२०७८ गुल्मी ः प्रेस सेन्टर नेपाल गुल्मीद्धारा बिजया दशमी तथा शुभदीपावलीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नजिकिदै गरेको बिजया दशमी तथा दिवावली, छठपर्व र नेपाल संम्वतको अवसरमा शुभकामना कार्यक्रम गरिएको थियो ।
शुक्रबार बिहान जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल सहित सु्रक्षा निकायका प्रमुखहरु, जिल्ला समन्वय समिति गुल्मीका सदस्य राममल्ल ठकुरी, रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी ,नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डे ,पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल लगायत पत्रकारहरु बिच शुभकामना आदान प्रदान कार्यक्रम भएको हो ।
शुभकामना अदानप्रदान कार्यक्रममा सहभागीहरुले दशै र तिहार पर्वलाई सभ्य तरिकाले मनाउन आग्रह गरेका थिए । कोरोनाको जोखिम कायमै रहेकाले चाडपर्व मनाउदाँ स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरिएको थियो । गुल्मी जिल्लामा कोरोनाको जाखिम कायमै रहेकाले दशैमा खेलिने सराय नाचलाई रोक्ने, भिडभाडजन्य क्रियाकलापलाई रोक्ने प्रशासनले निणर्य गरेको छ । प्रेस सेन्टर नेपाल गुल्मीका अध्यक्ष तिलाचन पाण्डेको अध्यक्षता,उपाध्यक्ष प्रकास चालिसेको स्वागत मन्तब्य संगै कार्यक्रमको संचालन सचिब हुमाकान्त पोखरेलले गरेका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।