गुल्मी जिल्लाबाट ४५ वटा उजूरी अख्तियारमा

0 133

अनिल खत्री
२३ मंसिर, गुल्मी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गुल्मी जिल्लाबाट ४५ वटा उजूरी दर्ता भएका छन् । भ्रष्ट्रचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अबसरमा जिल्ला प्रशासन कार्यालय गुल्मी र भ्रष्ट्रचार बिरुद्धको नागरिक निगरानी संस्थाले राखेको कार्यक्रममा तथ्याङक सार्बजनिक गरिएको हो ।
आर्थिक वर्ष २०७७÷०७८मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिल्लाका ४५ वटा उजूरी दर्ता भएकोमा १३ वटा फस्र्योट भएका छन् । अब ३२ वटा उजूरी बाँकी रहेको भ्रष्ट्रचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए ।


क्षेत्रगत रुपमा स्थानीयतहका १६ वटा, शिक्षातर्फ १३ वटा, खानेपानीका ४ वटा, भौतिक पूर्वाधारका ३ वटा र अन्य ९ वटा भष्ट्रचारसंग सम्बन्धीत मुद्धा रहेका पाण्डेले बताए । गुल्मी जिल्लामा भ्रष्ट्रचार बिरुद्धको अन्तराष्ट्रिय दिवस एक कार्यक्रम गरेर मनाइएको छ ।
दिवसको अबसरमा जिल्ला स्थित सरोकारवालाहरुको सहभागितामा कार्यक्रम गरिएको थियो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।