पुरस्कार र दण्डको व्यवस्था गरिए भ्रष्ट्रचार न्यूनिकरण गर्न सकिने सरोकारवालाको जोड

0 114

अनिल खत्री
२३ मंसिर, गुल्मी । भ्रष्ट्रचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अबसरमा गुल्मी जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मी र भ्रष्ट्रचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीले सयुक्त रुपमा राखेको कार्यक्रममा जिल्लाका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा भ्रष्ट्रचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले नेपालमा भ्रष्ट्रचार बढनुको कारण र यसको नियन्त्रण निगरानी लगायतको बारेमा प्रस्तुती राखेका थिए । उनले भष्ट्रचार उन्मुलनका लागि राजनीतिक शुद्धीकरण, संरचनागत र कानुनी सुधार, प्रभावकारी अनुगमन तथा मूल्याकंन हुनुपर्ने बताए ।
सुशासनका मापदण्डहरुको पालना पूर्ण रुपमा गरिनु पर्नेमा जोड दिए । सार्वजनिक खरिद र ठेक्का व्यवस्थापन, सार्वजनिक पदाधिकारीको आचारसंहिता, पुरस्कार र दण्डको व्यवस्था गरिए भष्ट्रचार न्यूनिकरण गर्न सकिने पाण्डेको भनाई छ ।


उहाँले भष्ट्रचार विरुद्धका शशक्त अभियान र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने उल्लेख गरे । मानव अधिकार तथा शान्ति समाज गुल्मीका अध्यक्ष ढुण्डीराज पोखरेलले भष्ट्रचारको नियन्त्रणका लागि राजनैतिक दलहरु नै मुख्य जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए ।
राजनीति र राजनेतामा नैतिकता नभएसम्म भष्ट्रचार रोकिदैन् बोली र व्यवहार एक समान हुन जरुरी रहेको उनको भनाई छ । रेसुङ्गा बहुमुखी क्याम्पसका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले भष्ट्रचार क्यान्सरको रुपमा फैलिरहेको बताए ।
श्रेष्ठले सरकारले नै भष्ट्रचारलाई बढवा दिईरहेको उल्लेख गरे । सरकारले भ्रष्ट्रचारको अन्त्यका लागि अख्तियार देखाएर उम्किन नमिल्ने बताए ।
रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले एकले अर्कालाई आरोप लगाएर मात्र भष्ट्रचारको अन्त्य गर्न नसकिने बताए । जहाँ अभाव हुन्छ, त्यहाँ भष्ट्रचार हुन्छ समय, नीति, विधि र कानुन अनुसार चल्न नसक्दा भष्ट्रचार बढ्ने गरेको मरासिनीको भनाई छ ।
जनता समाजवादी पार्टी गुल्मीका उपाध्यक्ष घनश्याम पाण्डे तथा जनमोर्चाका हरिलाल न्यौपानले राजनैतिक भागबण्डाबाट गरिने नियुक्ती जस्ता कार्यले पनि भष्ट्रचार, बढाएको बताए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सोंच र संस्कारका कारण पनि भष्ट्रचार हुने गरेको उल्लेख गरे ।


कार्यक्रमका अध्यक्ष समेत रहनुभएका प्रजिअ पौडेलले जिल्लामा अवस्थित कार्यालयहरुका प्रमुखरुलाई कहिकतै गुनाँसो नआउने गरि तथा भष्ट्रचारको गन्ध नआउने गरी सेवा प्रवाह गर्न निर्देशन दिए । कार्यक्रमको सहजीकरण भ्रष्ट्रचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीका सचिव कृष्णप्रसाद पोखरेलले गरेका थिए ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।