गुल्मीदरबार गाउँ पालिकाको चारपालामा वडा स्तरिय व्याटमिन्टन प्रतियोगिता हुने

0 170

रामकृष्ण कडेल

मङ्सिर २५,२०७८गुल्मी

गुल्मीदरबार गाउपालिकाको चारपालामा वडास्तरिय व्याटमिन्टन प्रतियोगिता हुने भएको छ। युनाइटेड हेल्थ एन्ड फिटनेस क्लब गुल्मीदरबार गाउपालिका वडा नम्बर ६ र ७ को प्रथम अधिवेशनको अवसरमा चारपाला देउराली खेल मैदानमा मङ्सिर २४ र २५ गते प्रतियोगिताको आयोजना गरिएको क्लबले जानकारी दिएको छ। २४ गते दिउसो २ बजे अधिवेशनको उद्घाटन टिम दर्ता र गोलापर्था हुनेछ । २५ गते बिहान ७ बजेदेखि खेलकुद र दिउसो समापन हुने क्लबका अध्यक्ष इन्द्र थापाले बताए । प्रतियोगितामा गुल्मीदरबार गाउपालिका भित्रका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् । खेल ए पोल र बि पोलमा खेलाइने क्लबका खेल सम्योजक सुनिल बस्नेतले बताए खेल खेल्न आउँदा खेलाडीले आफ्नो परिचय खुल्ने परिचयपत्र अनिवार्य ल्याउनुपर्ने बताइएको छ। प्रतियोगिताको बिजेताले नगद रु। १० हजार साथमा मेडल र प्रमाणपत्र तथा उपबिजेताले नगद रु।६ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा अनुशासित एवम् उत्कृष्ट खेलाडिलाइ नगद रु।२ हजार साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले बताएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।