गीति चलचित्र ‘कठै म त कठै’मा विद्रोही भूमिकामा राजेश हमाल

0 156

अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको गीति चलचित्र ‘कठै म त कठै’को छायांकन सकिएको छ । माधव न्यौपानेको गीत तथा कथामा निर्माण भएको यो गीति चलचित्रलाई यादव भट्टराईले निर्देशन गरेका हुन् । काभ्रेको कुशादेवीमा छायांकन गरिएको ‘कठै म त कठै’मा महिला हिंसा र बलात्कारविरुद्ध आवाज उठाइएको छ । गीति चलचित्रमा खुमन अधिकारी, देवी घर्ती र शान्तिश्री परियारले स्वर दिएका छन् भने राजेश हमालसँगै कलाकारहरु सुनिशा बजगाईं, उमेश खड्का, लक्ष्मी गिरी र सरिता गिरीको अभिनय रहेको छ ।

विज्ञान प्रविधिको विकाससँगै मानिस यो चेतनासम्म आइपुग्दा पनि महिलामाथि हेर्ने पितृसत्तात्मक दृष्टिकोण आजका दिनसम्म पनि नबदलिएर महिलामाथि हुने नमिठो अत्याचारविरुद्ध गीत निर्माण भएको निर्देशक भट्टराईले बताए । अभिनेता हमालले सामाजिक अन्यायविरुद्ध फरक किसिमको गीति चलचित्रमा काम गरेकाले यसले राम्रो सन्देश दिने बताए । ‘सामाजिक न्यायका लागि यो गीति चलचित्रले सकारात्मक सन्देश दिन्छ भनेरै यसमा काम गरेको हुँ,’ उनले भने ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।