गुल्मीमा तीन दिनमा एकै स्थानमा तीन सवारी दुर्घटना

0 128

अनिल खत्री
२ माघ, गुल्मी । गुल्मीमा तीन दिनमा एकै स्थानमा तीनवटा सवारी दुर्घटनामा परेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिकाको बडानम्ब–३ गौडाकोट म्यालपोखरी स्थिती तम्घास रिडी सडक अन्तरगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी दुर्घटनामा परेका हुन् ।


शुक्रावर ग १ च ७५४७ नम्बरको बोलेरो जिप पनि पल्टिएको थियो । त्यस्तै शनिवार तम्घास यात्रु छोडेर पोखरा फर्किदै गरेको ग १ ज ५२८० नम्बरको अल्ट्रो कार दुर्घटना भएको थियो । आइतवार पनि लु.२ ख २९८१ नम्बरको टिप्पर दुर्घटनामा परेको छ । तिन दिनमा तिनबटा सवारी साधन दुर्घटनमा मानवीय क्षती नभएको ट्राफिक प्रहरी जवान बिजय कुमार यादवले बताए । शितले सडक चिप्लो भएको र मोड भएको कारण दुर्घटना भएको बताइएको छ । एकै स्थानमा पटक पटक सवारी दुर्घटनामा परेपछि सडक जोखिम बन्दै गएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।