गुल्मीको वडागाउँ स्वास्थ्यचौकी एम्बुलेन्समा आगलागी

0 170

गुल्मी, फागुन ५ गते

गुल्मीको मुसिकोटमा अज्ञात पक्षद्धारा एम्बुलेन्स आगलागी भएको छ । मुसिकोट नगरपालिका ४ वडागाउँ स्थित वडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगलागी भएको हो । लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे अज्ञात पक्षले आगलागी गरेको चालक शंकर बगालेले जानकारी दिनुभयो । एम्बुलेन्स भारतीय भुतपूर्व सैनिकको सहयोगमा वडागाउँ स्वास्थ्यचौकीले संचालन गर्दै आएको थियो । मुसिकोट ४ डाँडाथोक घरमा रोकेर राखेको एम्बुलेन्समा एक्कासी आगलागी भएको र अगाडीको केहि भाग जलेपछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको बगालेले बताउनुभयो । वामी प्रहरीचौकी इन्चार्ज सई जनक थापाले घटनाको सूचना रातिनै प्राप्त भएपनि अब केहिबेरमा घटनास्थल पुगेर अनुसन्धान गरिने बताउनुभयो । संयुक्त एम्बुलेन्स संचालन संघका सचिव युवराज बस्नेतले चालक कुटिनेदेखि एम्बुलेन्समा आगलागी हुने अवस्था आएकाले प्रशासनले सुरक्षाको पूर्ण प्रत्याभुति नगराए अब काम गर्ने स्थिती नभएको प्रतिक्रिया दिनुभयो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।