करार कर्मचारी मञ्च मालिकाको अध्यक्षमा पौडेल निर्वाचित

0 414

 

करार कर्मचारी मञ्च मालिकाको अध्यक्षमा पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । गुल्मीको मालिका गाउँपालिकामा गरिएको करार कर्मचारीहरुको प्रथम भेलाबाट जगत बहादुर पौडेल सर्वसम्मत निर्वाचित भएका हुन् । गाउँपालिकाका सुचना अधिकारी तथा सुचना प्रविधि अधिकृत समेत रहेका पौडेलको नेतृत्वमा मालिका गाउँपालिकामा १७ सदस्यीय करार कर्मचारी मञ्च गठन गरिएको हो । मञ्चको उपाध्यक्षमा देविका विश्वकर्मा, सचिवमा कमल नेपाली र कोषाध्यक्षमा इश्वरा विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन् ।

करार सेवामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको पेसागत हक र हित, थप क्षमता वृद्धि, कार्यअनुभव आदनप्रदान, राम्रा कार्यको अनुकरण गर्ने र करार कर्मचारीहरुका समस्यालाई सांगठनीक रुपमा समाधान गर्नको लागी मञ्च निर्माण गरिएको हो ।शनिबार गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रित बहादुर थापाले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै निष्ठा पुर्वक आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थापाले गाउँपालिकाको समग्र विकासको लागी करार कर्मचारी मेरुदण्ड भएको उल्लेख गरे ।

ad

त्यस्तै कार्यक्रमका विशेष अतिथि तथा गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले गाउँपालिकाको विकास, सुशासन तथा सेवा प्रवाहमा करार कर्मचारीको मुख्य भुमिका रहेको बताए । मालिका गाउँपालिकाका करारका कर्मचारीले उत्कृष्ट कार्यसम्पादन गरेको बताउदै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन आग्रह गरे ।सम्मेलनमा गाउँपालिकाको कार्यालय र गाउँपालिका अन्तर्गतका कार्यालयहरुबाट ५५ जना करार कर्मचारीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।