विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष

0 289

पछिल्लो समय विवाहमा भोज–भतेरका नाममा फजुल गर्ने प्रचलन बढेको छ । तर गुल्मीका एक दम्पत्तीले विवाहमा हुने भोज–भतेरको खर्च कटाएर विद्यालयमा अक्षयकोषको स्थापना गरेका छन् ।

जिल्लाको चन्द्रकोट गाउँपालिका –१ दिब्रुङ्ग सराङका नवराज खरेल दम्पत्तीले विवाहको खर्च कटाएर अक्षयकोष स्थापना गरेका हुन् । खरेलको शुक्रबार रुरुक्षेत्र गाउँपालिका –४ बलेटक्सारकी विद्या खड्कासँग विवाह भएको थियो ।

विवाहको अर्को दिन शनिबार दम्पत्तीले दिब्रुङ्गकै शारदा माध्यमिक विद्यालयमा ५० हजार १०१ को अक्षयकोषको स्थापना गरेका हुन् । त्यस्तै उनीहरुले विद्यालयको लागि एक हजार पाँच सय सर्जिकल माक्स पनि हस्तान्तरण गरेका छन् । खरेल सोही विद्यालयका पूर्व विद्यार्थी हुन् । उनी अहिले नविन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयका खेलकुद तथा स्काउट प्रशिक्षक छन् ।

ad

खरेल आइ। टी। एफ्। तेक्वान्दोका शिक्षक एवम् डोरितान खेल लुम्बिनी प्रदेशका अध्यक्ष छन् । खड्का पनि स्काउट विपत व्यवस्थापन आकस्मिक अद्धारकर्ता हुन् । त्यसैले उक्त रकम खेल र स्काउटको क्षेत्रमा खर्च हुनेगरी अक्षयकोषको स्थापना गरेका हुन् ।

भोज–भतेर गर्नुभन्दा समाजमा केही उदाहरणीय काम गर्ने प्रेरणाका साथ अक्षयकोषको स्थापना र माक्स प्रदान गरेको खरेलले बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।