३ दिने नगरस्तरीय जनचेतनामुलक कार्यक्रमको शुभारम्भ

0 139

आदीवासी जनजाती तथा दलित सम्बन्धी ३ दिने नगरस्तरीय जनचेतनामुलक कार्यक्रम रेसुङ्गा नगरपालिकामा सोमबारबाट शुभरम्भ भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा १४ वडाको प्रतिनिधि हुने गरी कार्यक्रम गरिएको हो । रेसुङ्गा नगरपालिकाको आर्थिक वर्ष ०७८÷०७९ को निति तथा कार्यक्रम अनुसार कार्यक्रम गरिएको हो ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाकी उपप्रमुख सीता भण्डारीले महिलाहरुको हक अधिकार बारे बुझन् जनचेतनामुलक कार्यक्रमले सहयोग पुग्ने बताइन् । कुनै पनि मानिस आर्थिक रुपले सम्पन्न भए पनि जब सम्म नेतृत्व विकास हुन सक्दैन् तब सम्म सम्पन्न हुन नसक्ने उपप्रमुख भण्डारीको भनाई थियो । महिलाहरुको हक अधिकार कसरी खोज्ने र न्याय नपाउँदा के गर्ने भन्ने बिषयमा ३ दिने तालिमले आफ्नो हक अधिकार बारे बुझन सहयोग पुग्ने बताइन्् । आदीवासी जनजाती तथा दलितहरुको लागि ३ दिने तालिम महत्वपूर्ण रहेको बताइन् । साथै उपप्रमुख भण्डारीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरिन् ।

रेसुङ्गा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले आफ्नो काम, कर्तव्य, र अधिकारको बारेमा बुझन जनचेतनामुलक कार्यक्रमले सहयोग पुग्ने बताए । भौतिक रुपमा मात्र विकास भएर नहुने भन्दै अबको विकास नेतृत्वमा पनि हुन आवश्यक रहेको उल्लेख गरे । समाजमा हुने विभेदको अत्यको लागि जनचेतना जस्ता कार्यक्रमको आवश्यक रहेको उल्लेख गरे । तालिममा सिकेका कुरा समाजमा गएर राम्रो संग अरुलाई पनि बुझाउन प्रमुख प्रशासकिय अधिकृत मरासिनीले आग्रह गरे ।

ad

रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले समुदायमा भएका अपहेलित व्यवहारको अत्यको लागि यो कार्यक्रमले सहयोग पुग्नेमा जोड् दिएका थिए । नगरपालिकाले विभिन्न समयमा नेतृत्व विकास गर्नको लागि कार्यक्रम आयोजना गर्ने गरेको उल्लेख गरे । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कल्पना पाण्डे, नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्याल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा पार्वता पन्थी लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।