आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भवाना

0 127

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

मंगलवार बिहान देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतः सफा रहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू(भागमा मौसम सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ। राति देशका विभिन्न स्थानमा सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानमा भने मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बिहीबार देशको पहाडी भू(भागमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।