स्वास्थ्य कार्यालय गुल्मीको “खोज र खोप अभियान”

0 178

कोभिड–१९ को महामारी नियन्त्रण गर्ने प्रयास स्वरूप विश्वभरि समुदाय स्तरमा खोप लगाउने काम धमाधम भईरहको छ । खोपले भाइरस, रोग वा संक्रमणसँग लड्न सरकारले दिएको कारोना विरुद्धको खोपबाट वञ्चित नागरिकको पहिचान गरी खोप लगाउन स्वास्थ्य कार्यालय गुल्मीले फागुन १ गतेदेखीे “खोज र खोप अभियान” सुरु गरेको छ।

जिल्लाका १२ वटा स्थानिय तहका रहेका वडाका कुना कुना पुगेर खोप नलगाएको पहिचान गरी खोप लगाउने उदश्यले प्रत्येक वडाका समुदायमा २ जना स्वास्थ्य कर्मी खटाईएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कोरोना विरुद्धको खोप नलगाएका शंकास्पद वडाभित्रका समुदायमा स्वास्थ्यकर्मी पुगेर नागरिको पहिचान गरी महिनाको २ दिन समुदाय नजिकैको स्वास्थ्य संस्थामा खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आर्चायले बताए । प्रमुख आर्चायका अनुसार नागरिकमा सचेतनाको कमी, खोपको डर ,त्रास र समयको तालमेल नहुदाँ कारोना बिरुद्धको खोपबाट बञ्चित रहेको उनले बताए ।

खोपबाट बञ्चति भएका नागरकिलाई पहचिान गरेर फागुन १२ गते मुसकिोट नगरपालकिा, मालकिा ,मदाने,इश्मा र धुर्कोट गाउँपालकिा रेसुङ्गा नगरपालकिा,गुल्मीदरवार,छत्रकोट,रुरुक्षेत्र,सत्यवती,चन्द्रकोट र कालीगण्डकी गाउँपालकिा भत्रिका नागरकिलाई वडाका स्वास्थ्य संस्थामा खोप लगाइने बताइएको छ । यो अभयिान चैत्र मशान्त सम्म चलरिहने छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।