महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा केसी निर्वाचित

0 146

गुल्मी ।  महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा निर्मला केसी सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबार संघको प्रारम्भिक साधारणसभाबाट  गुल्मी जिल्लामा रहेका महिला उद्यमीहरूको साझा संस्था महिला उद्यमी संघ गुल्मी नेपालको अध्यक्षमा केसी सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

जसको उपाध्यक्षमा गंगादेवी पाण्डे, सचिवमा जमुना न्यौपाने र कोषाध्यक्षमा श्यामकला भलामीसहित ११ सदस्यीय महिला उद्यमी संघ गठन भएको छ ।

ad

प्रारम्भिक साधारणसभा कार्यक्रममा  तदर्थ समितिकी कोषाध्यक्ष श्यामकला भलामीले कोषाध्यक्षको तर्फबाट अहिलेसम्मको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  तदर्थ समितिकी  सचिव जमुना न्यौपानेले अहिलेसम्मको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभामा प्रमुख अतिथि महिला उद्यमी संघ लुम्बिनी प्रदेशकी सदस्य अनिशा केसीले महिलाहरु आत्मनिर्भर बन्न र उद्यमशील बन्न आवश्यक रहेको बताउनुभयो । विभिन्न स्थानीय तहसँग समन्वय गरेर महिलामुखी कामहरू आफूहरुले गरेको भन्दै गुल्मीमा पनि सबै महिला उद्यमी बन्न एकजुट हुनुपर्ने केसीले बताउनुभयो । प्रदेशको तर्फबाट सधैं सहयोग हुने उहाँले बताउनुभयो ।

संघको कार्यालय रेसुङ्गा नगरपालिका वडा नम्बर ८ मा रहेको छ । संघको प्रारम्भिक साधरणासभाबाट निर्वाचित अध्यक्ष निर्मला केसीले अब आफूहरुले महिला उद्यमीहरूलाई संघमा आबद्ध गराउदै जाने बताउनुभयो । महिला उद्यमीहरूको हकहितमा एकताबद्ध बनाउनका लागि आफूहरू निरन्तर खटिएको संघकी अध्यक्ष केसीको भनाइ रहेको छ ।

देशभर विस्तार भइसकेको महिला उद्यमी संघ गुल्मीमा भने अहिले खुलेको हो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।